बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् ।

लगातार संसद अवरु’द्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’

ओलीलाई भेटेर सदन पनि रोकि’दिनु भएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ । शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले सुनाएअनुसार प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेका थिए ।

प्रचण्डले भने, उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्‍यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’ यो पनि पढनुस, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरो’धमा सशक्त ढं’गले आवाज उठाउनुपर्ने बताएका छन् ।

एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने ‘खतरा रहेको जिकिर गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोक’तन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वउपप्रधानमन्त्री रावलले एमसीसी संशोधन विनानै सं’सदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिए ।

एमसीसी सम्झौता सं’शोधन गरेमा अघि बढाउन आफू पनि सहमत रहेको उनको भनाइ छ । ‘‘त्यसकारण विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट ।

समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ’ उनले भने ।नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए ।

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गरे मुलुक गम्भीर दुश्चक्रमा फस्ने चेतावनी दिए । एमसीसी यथास्थितिमा संसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरु आफै हुने बास्तोलाको भनाइ छ ।

‘अमेरिका एमसीसीमार्फत् भारतमा पनि नियन्त्रण गर्न चाहन्छ । अमेरिकाले डेमेक्रेसीको नाममा लुटपाट मच्चाउने काम गरिरहेको छ । नेपालमा पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ’ उनले भने ।

पूर्वराजदूत लीलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने धारणा राखे । ‘एमसीसी राष्ट्रको हितमा छैन । मुलुकका पुस्तौंपुस्ता बन्दी बनाउने गरी सो सम्झौता गर्न खोजिएको छ । त्यसलाई सम्झौता गरेर अघि बढन हुँदैन, सकिदैन’ उनले भने । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय