बिहिबार , साउन २६, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबावु पण्डित माधव नेपालका लागि ओलीभन्दा कडा बनेर निस्किएका छन् ।

पण्डितले नेकपा एमाले विभाजन गरेर नेकपा एस पार्टीका अध्यक्ष बनेका नेपालमाथि अहिलेसम्मकै कडा टिप्पणी गरेका हुन् ।

कुनै बेला माधव कुमार नेपालकै निकट रहेर काम गरेका पण्डितले एमाले जस्तो पार्टी फुटाएर सानो गुटमा रमाएका माधव नेपालको अहिले हैसियत भनेको प्रचण्डको असिस्टेन्ट जति मात्रै रहेको टिप्पणी गरेका छन् । पार्टी फुटाएर नेपालले ठुलो अपराध गरेको भन्दै पण्डित उनी माथी खनिएका छन् ।

विशेष कुराकानीमा नेता पण्डितले माधव नेपालले आफ्नो हैसियत आफैँ खस्काएको बताएका छन् ।

एमाले जस्तो पार्टीको सम्मानित हैसियत गुमाएर प्रचण्डको षड्यन्त्रको साझेदार बन्न जाने माधव नेपालको हैसियतनै त्यत्ती मात्रै भएको उनले जिकिर गरेका छन् ।

माधव नेपाल प्रचण्डको असिस्टेण्ट जत्ति मात्रै र उनको पार्टी नेकपा एस माओवादी केन्द्रको एउटा जनसंगठनको जत्तीको मात्रै हैसियतमा रहेको पनि पण्डितले बताएका छन् ।

अहिले प्रचण्ड र माधव नेपाल लिभिङ टुगेदरमा रहेको भन्दै उनले यो मायापिरतीले एक दिन नेपालले ठूलो दुख पाउँने ठोकुवा गरेका छन् ।

माओवादीसँग पार्टी विलय गराउँनैका लागी नेपालले एमाले फुटाएको दावी गर्दै पण्डीतले अहिलेनै एकता गरिहाल्दा सबै कुरा बाहिर देखीने भएकाले मात्रै केहि सयमलाई थाँती राखेको दाबी पनि उनले गरेका छन् । अन्तीममा माओवादी र नेकपा एसको गन्तव्य एउटै हुने पनि उनले ठोकुवा गरेका छन् ।

पण्डीतले अहिले देशनै दुई धु्रवमा बाँडिएको भन्दै एकातिर एमाले र अध्यक्ष केपी ओली र अर्को तिर अरु गठबन्धन र ती दलका नेता रहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई बाघ र अरु दलका नेतालाई बाँदर सँग उनले तुलना गरेका छन् । जसरी बाघ अगाडी आए पछि बाँदरहरु भागाभाग गर्दछन् त्यस्तै हालत ओलीको अगाडी पर्दा अरु नेताको हुने उनले भनेका छन् ।

जो जो गठबन्धन गरेर एमाले विरुद्ध मोर्चाबन्दी गरे पनि एमाले एक्लै सामना गर्न तयार रहेको भन्दै उनले सबैलाई मिलेर एमाले सँग चुनावी मैदानमा आउँन पनि चुनौति दिएका छन् । पण्डितले भनेका छन्,‘को को आउँछउ आओ नेकपा एमाले मैदानमा एक्लै सामना गर्न तयार छ’। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय