नेपाली राजनिती,

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले धाक दिँदै हिँडेको भन्दै आउँदाे चुनावमा उनीहरूको हालत नागरिकले देखाउने टिप्पणी गर्नुभयो ।

शुक्रवार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन् ।

उनीहरूकाे त्यो धाक, धम्की मात्रै हो । आउने चुनावमा देखिने छ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन् ।’

अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरूसँग आफूहरूको कुनै पनि प्रकारको वैरभाव नरहेको बताउनुभयो । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै गठबन्धनका नेता र पार्टीसँग हाम्रो कसैसँग कुनै वैरभाव छैन ।

बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ । र हाम्रो तर्फबाट त्यसको निम्ति लगातार प्रयास भएको छ । रहिरहने छ । हाम्रो आजको यो एकीकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनै पनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर म विश्वास व्यक्त गर्न चाहन्छु ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकीकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र) को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गर्नुभएको छ । यो खबर उज्यालो अनलाइनमा छ । यता कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका प्रमुख स्वकीय सचिव प्रेमबहादुर बुढा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी कालिकोटका सचिवालय सदस्य समेत रहेका बुढाले एकीकृत समाजवादी पार्टी पार्टीको हित बिपरित र विधि पद्वति भन्दा बाहिर रहेको भन्दै मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेलले नेता बुढालाई नेकपा एमालेमा स्वागत गर्नुभएको हो ।

लामो समय देखि राजनीति क्षेत्रमा लाग्नुभएका बुढा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टी विभाजन पछि माधवकुमार नेपालले नेतृत्व गरिरहेको पार्टीमा लाग्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता बुढा एमालेमा प्रवेश गरेपछि समाजवादी पार्टी कालिकोटलाई भने ठुलो धक्का पुगेको छ। कालिकोटको सान्नित्रिवेणि गाउँपालिका वडा नं। २ का लोकप्रिय नेता हुनुहुन्छ ।

एकीकृत समाजवादी पार्टीमा शिर्ष नेताका रुपमा चिनिने बुढा एमालेमा प्रवेश गरेपछि एमालेमा रौनक छाएको छ। समाजवादी पार्टीले जनभावना विपरित कार्य गरेको र बिधि पद्वति भन्दा बाहिर गएपछि बाध्य भएर एमाले रोजेको नेता बुढाले बताउनुभयो । यस्तै दसौं महा धिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउन देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।

पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ।

‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाएका ओली फेरि झापा जाँदैछन्।

पार्टी प्रवेशलगायतका कार्यक्रममा ओली आफैं सहभागी हुन रुचि राख्दै आएका छन्। कांग्रेस महाधिवेशन सुरु भएको दिन प्रज्ञाभवनमा वाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा पनि ओलीले माओवादीबाट आएका केही कार्यकर्तालाई प्रवेश गराएका थिए।

त्यस दिन सो कार्यक्रममा ओलीले देशको अभिभारा के हो भनेर कांग्रेसलाई सिकाउनुपर्ने बताएका थिए। ‘कांग्रेस, माओवादी र नेकपा एसको प्रहारमा परेका ओली उनीहरूलाई नै प्रतिप्रश्न गर्दै एमालेमा थप क्षति हुन नदिने रणनीतिमा रहेका छन्’, एमालेका एक स्थायी कमिटी सदस्यले भने।

एमाले विभाजनपछि नै ओलीले संगठनलाई चुस्तदुरुस्त राख्न नयाँ कार्यकर्ता भर्ती गर्नुपर्ने आवश्यकता महसुस गरेको एमाले नेताहरूको भनाइ छ। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय नै देशभर पार्टी प्रवेशको लहर चलाउने रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय