शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौँ। केपी शर्मा ओलीको पावरको चर्चा हुन थालेका छ । केपी ओलीकै कारण माओवादीले निर्णय परिवर्तन गरेपछि ओलीको पावरको चर्चा हुन थालेको हो ।

आउँदो आइतबारबाट नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन शुरु हुँदैछ । राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशन जस्तो खासै चहलपहल देखिदैन ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ । तर त्यसको तयारी ठुलो भएको देखिदैन । एमाले र काँग्रेसको महाधिवेशन हुँदा विभिन्न दलका नेताहरु र विदेशबाट पनि पाहुना बोलाइएको थियो ।

तर माओवादीको राष्ट्रिय सम्मेलन देश तथा विदेशबाट पाहुना नबोलाउने बताइएको छ । कोरोनाको जोखिमका कारण धेरै भीडभाड नगर्ने सोचमा माओवादी छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छल्नका लागि पनि देश तथा विदेशबाट पाहुना नबोलाउने निधोमा माओवादी पुगेको बताइएको छ । सम्मेलनमा शुभकामना मन्तव्यको लागि विभिन्न दलका नेताहरुलाई बोलाइने गरिन्छ ।

पछिल्लो समय ओलीसँग प्रचण्डको खासै राम्रो सम्बन्ध रहेको देखिदैन । गएको काँग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका थिए । मञ्चमा उनीहरुबीच सामान्य गफगाफ भएको मात्र देखिएको थियो ।

एमालेबाट विभाजन भएका नेपालसँग पनि ओलीको राम्रो सम्बन्ध छैन । अहिले धेरैलाई माओवादीको राष्ट्रिय सम्मेलनमा ओली सहभागी हुन्छन् या हुँदैनन् भन्ने कौतुहलता पैदा भएको छ । तर एमालेलाई निम्तो दिनुभन्दा कसैलाई नबोलाउने निर्णयमा पुगिएको माओवादीका एक स्थायी कमिटी सदस्य बताउछन् ।

काठमाडौँमा हुन लागेको माओवादीको राष्ट्रिय सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुनेछन्। सो सम्मेलनको उद्घाटन प्रचण्डले नै गर्नेछन् । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय