बुधबार , बैसाख १२, २०८१

नेपाली राजनिति,

भिडियो,

एमालेबाट विभाजन भएर नेकपा समाजवादी बनेपछि उक्त पार्टीमा लागेर मुख्यमन्त्री बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नयाँ किर्तिमान कायम गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि यस पदमा राजेन्द्र पाण्डे नियुक्त भएका थिए ।

देशका ७ प्रदेशमध्ये बागमती प्रदेशमा १४ मन्त्री र ४ राज्यमन्त्री गरी १८ जना मन्त्री बनेका हुन् । संघीय सरकारकै तुलनामा मन्त्रीको सङ्ख्या पुगेको अहिले पाण्डेको तिब्र आचोलचना हुन थालेको छ ।

सबै पार्टीको भाग पुर्‍याउनको लागि मन्त्रालयहरूलाई टुक्राएर आज मन्त्रिमण्डल विस्तार गरिएको हो ।

मन्त्रालयको लागि घर अभाव भएपछि एउटै घरमा पाँचवटासम्म मन्त्रालय राखेको समाचार यसअगाडि नाम्लोखबर डटकममा प्रकाशित भैंसकेको छ ।

एउटा भवनमा एक झ्याल एक मन्त्रालयको बोर्ड झुण्डाएर कीर्तिमान कायम गरेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १८ करोडको गाडी किन्ने प्रक्रिया समेत अघि बढाएका छन ।

पछिल्लो पटक मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा सहभागी दललाई भाग पुर्‍याउन आठ मन्त्रालयलाई टुक्र्याएर १४ बनाएका छन्। मुख्यमन्त्री पाण्डेले एउटै मन्त्रालयलाई तीन वटासम्म बनाएका छन्।

नेकपा एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहभागी छन् ।

चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार साँझ नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए ।

आज थपिएका तीन मन्त्री र तीन राज्यमन्त्री गठबन्धनको दल नेपाली कांग्रेसबाट थपिएका हुन् । यससँगै बागमतीको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय