नेपाली राजनिती,

कालिकोट,

कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका प्रमुख स्वकीय सचिव प्रेमबहादुर बुढा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी कालिकोटका सचिवालय सदस्य समेत रहेका बुढाले एकीकृत समाजवादी पार्टी पार्टीको हित बिपरित र विधि पद्वति भन्दा बाहिर रहेको भन्दै मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेलले नेता बुढालाई नेकपा एमालेमा स्वागत गर्नुभएको हो ।

लामो समय देखि राजनीति क्षेत्रमा लाग्नुभएका बुढा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टी विभाजन पछि माधवकुमार नेपालले नेतृत्व गरिरहेको पार्टीमा लाग्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता बुढा एमालेमा प्रवेश गरेपछि समाजवादी पार्टी कालिकोटलाई भने ठुलो धक्का पुगेको छ। कालिकोटको सान्नित्रिवेणि गाउँपालिका वडा नं। २ का लोकप्रिय नेता हुनुहुन्छ ।

एकीकृत समाजवादी पार्टीमा शिर्ष नेताका रुपमा चिनिने बुढा एमालेमा प्रवेश गरेपछि एमालेमा रौनक छाएको छ। समाजवादी पार्टीले जनभावना विपरित कार्य गरेको र बिधि पद्वति भन्दा बाहिर गएपछि बाध्य भएर एमाले रोजेको नेता बुढाले बताउनुभयो । यो खबर साभार गरियको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय