बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

काठमाडौं : विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छिन्। पार्टीको मूल नेतृत्व नै ढ‌ोंगी भएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन्।

रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथ साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन्।

उनले २०७० सालबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्। उनले राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको बताइएकी छिन्।

राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भन्ने अठोट लिएको भन्दै उनले भनेकी छिन,’ वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु। सदाका लागि यस पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु।’

‘राजनीतिक यात्रामा कैयौं उताव/चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ,’उनले पत्रमा लेखेकी छिन्।

‘अहिले म संलग्न पार्टी संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफला गर्न असमर्थ रहें तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ,’ पत्रमा उल्लेख छ। दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई राजीनामा पत्र बुझाएको समेत जानकारी गराएकी छन्। annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय