शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,
९ पुस, दाङ ।

दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कै’द फै’सला भएर सजा’य भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरा’र भएका छन् ।

घोराही स्थित का’रागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।

घोराही कारा’गारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फ’रार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार परियार बिहान छालाको उप’चार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए ।

उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशं’का छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शं’कास्पद देखिएपछि उनलाई थु’नामा राखेर अनुस’न्धान भैइरहेको छ । फ’रार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको एसपी काफ्लेले बताए । यो खबर साभार गरियको हो । साभार अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय