बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

भिडियो,

नेकपा एमाले का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रचण्ड लक्षित टिप्पणी गदै भने ‘गुरिल्लालाई पहिलोपटक मान्छे बनाउन काँध थाप्ने पार्टी पनि एमाले भएको बताएका छन् ।

उनले माओवादी केन्द्र, जसपा र माधव नेपालको पार्टीबीच एकता हुने समेत बताएका छन । उनले अहिले चुनावमा नजानको लागि पाँच दलीय गठबन्धनले वितण्डा गरेको आरोप लगाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार आँफै समस्याको जड र पोको रहेको आरोप लगाए ।

उनले अहिलेको गठबन्धनले लोकतन्त्रको चीरहरण गरेको र सारा सूचांक बिग्रिरहेको सुनाए । उनले अब जनताको ताजा मत आवश्यक रहेको पनि बताए ।

उनले प्रचण्ड र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच सहमति भएको थियो कि थिएन रु भनेर बाबुरामलाई सोधे हुन्छ भनेर टिप्पणी गरे ।

बाँस्कोटाले आफूहरुले प्रचण्डलाई गुरु नमान्ने पनि बताए । त्यो थाहा पाउनुहोला । र, उनले केपी ओलीलाई प्रधानमन्त्री बनाए होला, अहिले केपी शर्मा ओलीले आँफै बनाएको हो । एमालेको १२१ सिट हो ।’ अोटिभीबाट साभार खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय