बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले आफुले केपी ओलीलाई साथ दिनुको कारण बारे खुलस्त पारेका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा एमाले नेता भट्टले आफ्नो ओली मोह बारे खुलेर कुराकानी गरेका छन् ।

लामो समय नेकपा माओवादीको केन्द्रको राजनिती गरेर एमाले प्रवेश गरेका र अहिले केपी ओलीको विश्वास पात्र बनिरहेका भट्टको कुराले देशभरका एमाले कार्यकर्ताको पनि मन छोएको छ ।

केपी ओली प्रधानमन्त्री हुँदा उधोग वाणिज्य तथा आपुर्ती मन्त्री भएर काम गरेका भट्टले क्याविनेटमा ओली सँगै रहेर काम गर्दा उहाँको व्यक्तित्व र राष्ट्रवादी छविलाई नजिकबाट चिन्न पाएका कारणका आफु प्रभावित भएको बताएका छन् ।

नजिकबाट संगत नगर्नेले अनेक कुरा गरे पनि ओली जत्तीको राष्ट्रवादी नेता नेपालमा अरु नभएको दावी उनले गरेका छन् ।

लिपुलेक र लिम्पीयाधुरा समेटिएको नक्सा जारी गर्ने बेलामा ओलीको देशभक्तिलाई आफुले नजिक बाट चिन्ने मौका पाएको भन्दै भट्टले यदि त्यत्ति खेर ओली नभएर अरु कोहि नेपालको प्रधानमन्त्री भएको भए नक्सा जारीनै नहुने उनले जिकिर गरेका छन् । ओलीको राष्ट्रवादी छवी र देशभक्ती आफुले त्यत्ति बेला नजिक बाट देखेर निकै प्रभावित भएको उनले भनेका छन् ।

नक्सा जारी गर्ने बिषयमा ओलीले जसरी अडान लिनु भयो उहाँले धेरै ठुलो रिक्स लिनुभएको थियो , कति दबाव र प्रभावहरु थिए होला ति सबै कुरालाई चिरेर देश भन्दा ठूलो कुरो केहि छैन भनेर जसरी ओलीले हिम्मत गर्नुभयो म त्यस बाट धेरै नै प्रभावित भएँ कुनै पनि मूल्यमा उहाँलाई साथ दिनु पर्छ भनेर लागेँ । भट्टले भनेका छन् ।

कुनै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सँग पनि निकट भएर काम गरेका भट्टले अहिले प्रचण्डमा ठूलो सैद्धान्तीक विचलन आएको बताएका छन् । नामलै मात्रै कम्युनिष्ट भएर हुँदैन बोर्ड त माओवादीको कम्युनिष्ट भनेर लेखेको होला तर प्रचण्ड कम्युनिष्ट आचरण र सिद्धान्त बाट धेरै टाढा पुगेका छन् । उनले भनेका छन् ।

कम्युनिष्ट हौँ भन्ने अनि बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर हिड्ने ? यहि होइन प्रचण्ड र माधव नेपालको चरित्र ?भन्दै भट्टले झाँको झारेका छन् । अब उनीहरुले कम्युनिष्ट भन्न छोडे हुन्छ भन्दै मुखभरिको जवाफ पनि फर्र्काएका छन् । प्रचण्डले बरु काग्रेस प्रवेश गर्दा राम्रो हुने सुझाव पनि भट्टले दिएका छन् ।

कम्युनिष्ट भनेर बस्नु भन्दा प्रचण्डले काग्रे्स प्रवेश गरेर राजनिती गरे राम्रो हुने सुझाव भट्टले दिएका छन् । होइन भने कुनै विचार र सिद्धान्तका आधारमा उहाँले काग्रेस सँग गठबन्धन गर्नु भएको हो त्यो भन्न सक्नु पर्यो यस्तो अप्राकृतीक गठबन्धन बनाएर हिड्ने अनि कम्युनिष्टका नाम भजाउँने यस्तो काम प्रचण्डले बन्द गरुन् भट्टले भनेका छन् । ओटीभी नेपाल डट कम बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय