शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित एमसीसी परियोजना संसद बाट पास गराउँन ताकेता गरे पछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निकै अप्ठेरोमा परेका छन् ।

देउवाले तत्कालनै एमसीसी पास गर्न खोजे पछि प्रचण्ड र माधव नेपाल चेपुवामा परेका छन् ।

अवस्था यस्तो बनेको छ की लौ पास गरौँ भनेर भन्न पनि नसक्ने हामी विपक्षमा छौँ भनेर पनि भन्न नसक्ने अवस्थामा उनीहरु पुगेका छन् ।

प्रचण्ड व्यक्तिगत रुपमा एमसीसीको पक्षमा भए पनि नेकपा माओवादी केन्द्र भित्रको ठुलो हिस्सा एमसीसी विरोधी भएका कारण प्रचण्डले आँट गरेर बोल्न नसकेको बताइएको छ ।

माओवादी केन्द्रले अफीसियल्ली रुपमा यथावस्थामा एमसीसी पास गराउँन नसकिने निर्णय लिएको छ भने काग्रेसले विना संशोधन छिटो पास गर्नु पर्ने अडान राखेको छ ।

प्रचण्डले पछिल्लो समय एमसीसीको सर्तहरु सुरुमा सम्झौता गर्दाको भन्दा फरक भएको भन्दै घुमाउँरो तरिकाले आफु एमसीसीको पक्षमा नरहेको जवाफ दिएका छन् ।

जबकी केहि समय अघि बेलायत भ्रमण बाट फर्कदा प्रधानमन्त्री देउवाले एयरपोर्टमै प्रचण्ड र आफुले एमसीसी पास गर्छौ भनेर पत्रनै लेखिसकेको खुलासा गरेका थिए ।

डिसेम्बर १४ मा अमेरिकामा बसेको एमसीसी बोर्डको बैठकले नेपाल सरकार बाट एमसीसी पास गर्छौ भनेर लिखित प्रतिवद्धता आएको भन्दै सुचना प्रवाह गरेका थियो । प्रचण्ड स्वयंले पनि पटक पटक हामी एमसीसीको पैसा फिर्ता जाओस् भन्ने पक्षमा नभएको बताउँदै आएका छन् ।

एमसीसीको बिषय गठबन्धनको भविश्य सँग पनि जोडिएका कारण प्रचण्ड र माधव नेपाल थप अप्ठेरोमा परेको बताइन्छ । सत्तागठबन्धमा रहेका नेताहरुले एमसीसीलाईनै देखाएर गठबन्धन टुटाउँने खेल भइरहेको बताउँने गरेका छन् ।

गठबन्धन बनाउँन नसके आफ्नो पार्टीको अस्तिवनै संकटमा पर्ने अवस्था नजिकबाट देखेका प्रचण्ड गठबन्धन टुटाएर एमसीसीको विपक्षमा उभिने पक्षमा पनि देखिएका छैनन् ।

प्रचण्डका बारेमा एमसीसीलाई जोडेर पटक पटक विभिन्न खबरहरु बाहिरए पछि माओवादी पार्टी भित्रै विभिन्न शंसय पैदा भएको बताइएको छ । कुनै पनि बेला सरकारले एमसीसी सदनमा प्रस्तुत गर्न सक्ने बताइएको छ । यस्तो अवस्थामा प्रचण्डले लिने निर्णयले गठबन्धनको मात्रै होइन माओवादी पार्टीकै भविश्यमा प्रभाव पार्न सक्ने बताइएको छ ।

गठबन्धन बचाउँन खोज्दा पार्टी भत्किने र पार्टी बचाउँन खोज्दा गठबन्धन भत्किने सम्भावना बढेर गएको देखे पछि प्रचण्ड निकै चिन्तित भएको बताइन्छ । आजै मात्रै पनि गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी देशको पक्षमा भएका छिट्टै पास हुने बताइसकेका छन् । अब प्रचण्ड सँग एमसीसी रोज्ने की गठबन्धन रोज्ने भन्ने मात्रै विकल्प देखिएको विश्लेषण सुरु भएको छ । यो खबर अोटीभीनेपाल डटकममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय