बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

नेपाली काग्रेसको १४ महाधिवेशनको अन्तिम मत परिणाम आउँदै गर्दा केहि आश्चर्यजनक र अनौठा परिणामहरु पनि आइरहेका छन् ।

यस्तो एउटा परिणाम जस्तै एकाएक एक गुमना पात्रलाई एकाएक चर्चाको केन्द्रमा ल्याएको छ ।

काग्रेस महाधिवेशनको निर्वाचनमा संस्थापन र संस्थापनइतर दुवै तिरको लिष्टमा परेर सर्वाधिक मत ल्याउँन सफल विपी पुत्र शशांक कोइरालालाई समेत उछिनेर मधेशी महिला कोटा बाट मुक्ताकुमारी यादव ले सबैभन्दा बढि मत ल्याएर रेकर्ड ब्रेक गरेकी छिन् ।

अहिले सम्मको परिणाम अनुसार नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा सर्वाधिक मतको रेकर्ड अब मुक्ताकुमारी यादव को बनेको छ । आजै मात्रै आएको परिणामले उनले सबैलाई चकित पार्ने गरि रिजल्ट ल्याएकी छिन् ।

नेपाली कांग्रेसको महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा कूल ४७०५ मत खसेको थियो ।जसमा सबैभन्दा बढी मत पूर्वमहामन्त्रीसमेत रहेका डा। शशांक कोइरालाले ल्याए । ३८३६ मतका साथ खुला केन्द्रीय सदस्यमा सबैभन्दा सर्वाधिक मत ल्याउने कोइराला नै हुन् ।

अत्यधिक मत पाएपछि शशांक लोकप्रिय उम्मेदवारको सूचीमा थिए । तर, उनै शशांक लोकप्रियताको सूचीमा पछाडि परेका छन् । शशांकको भन्दा १३३ मत बढी पाएर केन्द्रीय सदस्यमा नयाँ अनुहार देखिएकी छिन् ।

मधेसी महिलाबाट चार जना जितेकोमा मुक्ताकुमारी यादव सबैभन्दा बढी मत ल्याएर जित्ने केन्द्रीय सदस्य बनेकी हुन् । यादवले शशांकको भन्दा १३३ मत बढी ल्याएर जितेकी हुन् । यादवले ३९६९ मत प्राप्त गरेकी छिन् ।

यादव पूर्व सांसदसमेत हुन् । संविधानसभाकी सदस्य भइसकेकी यादव धनुषाकी हुन् । यसअघि उनी राष्ट्रिय सभा सदस्यसमेत भएकी थिइन् ।पहिले सुशील कोइराला प्यानलबाट संविधानसभा सदस्य भए पनि पछि उनले गुट फेर्दै देउवा पक्ष रोजेकी थिइन् ।

यसपटक पनि यादव संस्थापन देउवा पक्षबाट उठ्दै जितेकी हुन् । मधेसी महिलाका चारवटै कोटामा संस्थापनले बाजी मारेको छ । यो खबर otv nepal मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय