शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौं

संसदमा रहेको गतिरोध हटाउने तथा एमसीसीबारे साझा धारणा बनाउने प्रयासस्वरुप आइतबार बसेको सर्वदलीय बैठकमा एमसीसीबारे विरोधको आवाज भारी बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेस बाहेकका सबै दलले एमसीसीको विपक्षमा आफ्नो धारणा राखेका हुन् ।

बैठकपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काँग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अरु दलले एमसीसी हुबहु पारित गर्न नसकिने धारणा राखेको बैठक पछि जानकारी दिए ।

उनका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दलहरुको धारणा मागेका थिए । सो क्रममा सुवालले स्पष्ट रुपमा एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई पारित गर्न नहुने धारणा राखेका थिए ।

‘संंसद अवरोध र एमसीसीबारे तपाईँहरुले बोलिदिनु पर्यो भनेर प्रधानमन्त्रीजूले भन्नुभयो ।

हामीतिरै फर्केर संकेत गर्नुभयो जस्तो लाग्यो’, उनले भने, ‘त्यसपछि हामीले धारणा राख्यौ ।’ नेमकिपाको तर्फबाट सुवालले एमसीसीको दफा ४।२ मा एमसीसीले सहायक उपाध्यक्षलाई एसिया प्यासिफिकका लागि अतिरिक्त प्रतिनिधि

नियुक्ति गर्ने भनेर उल्लेख गरिएको विषय राखेका थिए ।

जसले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनको एक हिस्सा एमसीसी भएको पुष्टि गर्ने उनको भनाइ थियो । ‘दफा ६।८ मा एमसीसीको कारण नेपाललाई हानी नोक्सानी भएमा वा नेपालीको मृत्यु भएमा कतै उजुरी दिन नपाइने

भनेर लेखिएको छ’, उनको भनाइ छ, ‘यो नेपाललाई उपनिशवेश बनाउने भन्ने हो । सम्झौतामा नेपालको कानुन लागु हुने छैन भन्ने समेत लेखिएको हुनाले पनि यो नेपालीको हितमा छैन ।’

अनुरुचि ५ (क)मा एमसीसीलाई चित्त बुझ्ने योजना नेपाल सरकारले पेश गर्ने र त्यसमा भारतको सहमति हुनुपर्ने भनेर लेखिएकाले यसको अर्थ नेपाल सार्वभौमक देश होइन भन्ने व्याख्या गर्न खोजिएको पनि बैठकमा आफूले राखेको सुवालले बताए ।

यस्तै संसद विपक्षीको अवरोध हटाउनु पर्ने र अवरोध नहटाउने संसद स्थगित हुनुपर्ने भन्ने आफूले बैठकमा धारणा राखेको बताए । सुवालका अनुसार बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संशोधन बिना पास हुन नहुने

धारणा राखेका थिए । यस्तै जनमोर्चा र राप्रपाले पनि स्पष्ट भाषामा एमसीसी अहिलेकै अवस्थामा पास हुन नुहने धारणा राखेको बताए ।

यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कुनै पनि हालतमा एमसीसी अघि बढाउनुपर्ने र यसमा गठबन्धन एकठाउँमा हुनपर्ने धारणा राखेपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने

भनेर पार्टीले नै निर्णय गरिसकेको धारणा राखेको सुवालले बताए । स्तै एकीकृत समाजवादी पार्टीका नेता डा बेदुराम भुसालले पनि एमसीसीको विरोध गरेको सुवालले बताए ।यो खबर दैनिक नेपाल न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय