शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

दक्षिण अमेरिकी देश चिलेको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन्। उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन्।

कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन्। उनले हार स्वीकार गर्दामात्रै आधा मतगणना भएको थियो।

अहिले अधिकांश मतगणना भइसक्दा युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएर जीत हासिल गरेका छन्। कास्तले ४४ प्रतिशत मत पाएका छन्।

सरकारविरोधी प्रदर्शनको पृष्ठभूमिमा आइतबार भएको चिलेको राष्ट्रपतीय चुनाव पछिल्लो केही दशक यताकै सबैभन्दा विभाजित परिवेशमा भएको चुनाव हो।

बोरिक र कास्तले देशका लागि आफ्नो नेतृत्वमा विल्कुलै फरक भिजन प्रस्तुत गरेका थिए। बोरिक र कास्त दुवै चिलेको राजनीतिमा ‘आउटसाइडर’ हुन्।

३५ वर्षका बोरिक विश्वका कम उमेरका नेतामध्ये एक बन्ने भएका छन्। उनी चिलेको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्ने पक्का भएको हो। हालका राष्ट्रपति सेबास्तियन पिनेरासँगको टेलिफोन संवादमा बोरिकले आफू गम्भीर चुनौ तीहरुको सामना गर्न तयार रहेको बताएका छन्।

राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थीहरुको प्रदर्श नका पूर्वनेतृत्वकर्ता हुन्। उनले सन् २०१९ र २०२० चिलेलाई अस्थिर बनाएको असमानता तथा भ्रष्टाचारवि रोधी प्रदर्शनमा समर्थन गरेका थिए।

कुनै समय दक्षिण अमेरिकाको एक स्थिर अर्थतन्त्रका रुपमा चिनिएको चिलेमा धनी र गरिबबीचको भिन्नता निकै गम्भीर छ। संयुक्त राष्ट्रसंघका अनुसार चिलेका एक प्रतिशत नागरिकको स्वामित्वमा देशको २५ प्रतिशत सम्पत्ति छ।बोरिकले यो असमानता अन्त्यका लागि काम गर्ने वाचा गरेका छन्। त्यसका लागि उनले नीतिहरुमा क्रान्तिकारी परिवर्तन गर्ने बताएका छन्। देश सञ्चारबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय