मंगलबार , बैसाख ४, २०८१

नेपाली राजनिती,

भिडियो,

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदा’लतको फै’सला वि’परीत संसदमा अवराेध गरिरहेकाे बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्विप नलाग्ने स’र्वोच्च अदा’लतको फै’सला विप’रीत गएर एमालेले संसद् अ’वराेध पार्ने काम गरिरहेको आ’रोप लगाउनुभएको हो ।

आज आइतवार काठमाण्डाैमा आयोजित पार्टी निकट समा’जवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उहाँले केपी ओली अदा’लतको त्याे फैस’लालाई मान्ने पक्षमा नरहेको पनि बताउनुभयाे ।

उहाँले स’र्वोच्च अ’दालतको त्याे फैसलालाई अस्वीकार गर्दै संसदमा अवराेध गरेर एमालेले संविधानलाई नै चुनौ’ती दिने काम गरेको तर्क समेत गर्नुभयो । अध्यक्ष नेपालले अ’दालतको फैस’लालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसदमा अव’राेध गर्नुको कुनै अर्थ नहुने दोहोर्‍याउनुभयाे ।

उहाँले भन्नुभयो, ‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन । संविधानको प्रावधानलाई स्वीकार गर्दैन । कानुनी शासनको मान्यतालाई अङ्गीकार गर्दैन । अदा’लतको आदेशलाई स्वीकार गर्दैन ।

अदा’लतमा विचाराधीन मुद्दामाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइदैन संसदमा । ती विषय संसदमा ल्याउन पाइँदैन भन्ने मान्यतालाई कु’ल्चिन खोज्दछ । त्यही ठूल्ठूला स्वरले कराइरहेको, चि’च्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ– जो चोर उसैको ठूलो स्वर ।

त्यसो हुनाले तपाईँलाई थाहा छ– हाम्रो पार्टीको नि’र्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेका थियौँ । त्यतिखेर जब हामीले उहाँको नाम अगाडि सारेका थियौँ, सारिसकेपछि अदालतले फैसला गर्‍याे ।

अदालतले संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन हुने नयाँ सरकार यस प्रक्रियामा कसैले सहभागी भयो भन्दैमा, विरोधको कुरा उठायो भन्दैमा वा फरक मत राख्यो भन्दैमा ह्विप उल्लङ्घन लाग्दैन ।

कानुनी राज्यको मान्यतालाई स्वीकार गर्नेले सर्वो’च्च अदा’लतको फैसलालाई स्वीकार गर्नुपर्ने हुन्छ । तर केपी ओलीको यो गुट कसैले फै’सलालाई मान्ने पक्षमा छैन । जनताको जनादेशलाई पनि स्वीकार गर्दैन । जनताका निर्णयलाई पनि अङ्गीकार गर्दैन ।

जनतालाई उसले टेर्दैन । कानुनलाई वास्ता गर्दैन । संविधानलाई उसले चुनौती दिने काम गर्छ । संविधानलाई चु’नौती दिएरै संविधान विप’रीतको कदम चालेको तपाईँलाई थाहा छ ।’

अध्यक्ष नेपालले एमालेले अ’दालतमा विचा’राधीन मु’द्दालाई उठान गरेर संसदमा अ’वराेध पार्न नपाउने पनि बताउनुभयो । आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गर्दै उहाँले वि’रोधीहरूमा छटप’टाहट आएको बताउनुभयो । यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय