शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

भिडियो,

बारा, ३ पौष । विगत केही वर्ष पहिले एमालेलाई प्रवेश निषेध भनिएको तराईमा पछिल्लो समय एमालेमय बन्दै गएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) परित्याग गरी सयौं युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

आज नेकपा एमाले विश्रामपुर गाँउपालिका अधिवेशनमा नेपाली कांग्रस, माओवादी, जसपा र लोसपा पार्टी परित्याग गरी हाम्रो गौरवशालि पाटी नेकपा एमाले प्रवेश गर्नुहुने ६७७ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन ।

एमाले केन्द्रीय कमिटीको आयोजनामा समेत देशभर बृहत पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त युवाहरु एमालेमा प्रवेश गरेका हुन ।

मुलुकको विकास र समृद्धिको साथमा तराईका जिल्लाहरुको विकासको सारथी एमालेमात्र भएकाले कांग्रेस, माओवादी, जसपा लगायतका दलहरु परित्याग गरी एमालेको मिसन र भिजनलाई स्थापीत गर्न एमालेमा प्रवेश गरेको नवप्रवेशीले बताए ।

नवप्रवेशीलाई खादा तथा अविर लगाई स्वागत गर्दै नेता बस्नेतले नवप्रवेशी युवाहरुको राजनीतिक जीवन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

मुलुकको राजनीतिक दलको मुल भण्डारमा प्रवेश गरी राजनीतिक तथा सामाजिक रुपान्तरणको पथमा नवप्रवेशीहरु अगाडी बढेको उल्लेख गर्दै नेता बस्नेतले नवप्रवेशीलाई योग्यता, क्षमता तथा दक्षताको आधारमा पार्टीले उचित जिम्मेवारी प्रदान गरी राजनीतिक यात्राको साथमा राजनीतिक भूमिकालाई अगाडी बढाउने विश्वास दिलाउनुभयो । पाथिभरा न्युजबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय