नेपाली राजनिती,

भिडियो,

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ।

नेकपा एकीकृत समाजवादीलाई बोलाएकाले आफूहरू सहभागी नहुने एमालेले जनाएको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टलाई अहिलेसम्म सर्वदलीय बैठक आह्वान सम्बन्धमा पत्र प्राप्त नभएको अन्नपूर्णलाई जानकारी दिए। एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए।

संसदमा जारी अवरोध हटाउन र एमसीसीका विषयमा थप निर्णय गर्न बैठक डाकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी केन्द्रीय सल्लाहकार पदको सदस्य नियुक्त गरिएकोमा आपत्ति जनाउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले आफ्नो अनुमति नलिइकन कुनै पनि पदमा नियुक्त गर्नु आपत्तिजनक भएको बताउनुभएको हो ।रावलले लेख्नुभएको छ, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।

यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

चितवनमा भएको एमालेकाे दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि नेता रावलले आफू कुनै पनि पदमा नबस्ने घोषणा गर्नुभएको थियो ।

तर एमालेको केन्द्रीय कमिटीको बैठकले रावललाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । यता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी हुने तीनै तहेको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

उनले दशौं महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन गर्ने क्रममा यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेले अघि सारेको नीति, कार्यक्रम र निर्णयहरु सफल कार्यान्वयन हुने र आगामी सबै निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।

अब एक वर्ष समय रहेको र सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने दाबी अध्यक्ष ओलीको छ ।

‘अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ’, उनले भनेका छन्, ‘उल्लेखित निर्णयहरूको सफल कार्यान्वयनबाट हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ।’साभार खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय