काठमाडौं,

२ पुष ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी हुने तीनै तहेको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

उनले दशौं महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन गर्ने क्रममा यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेले अघि सारेको नीति, कार्यक्रम र निर्णयहरु सफल कार्यान्वयन हुने र आगामी सबै निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।

अब एक वर्ष समय रहेको र सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने दाबी अध्यक्ष ओलीको छ ।

‘अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ’, उनले भनेका छन्, ‘उल्लेखित निर्णयहरूको सफल कार्यान्वयनबाट हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ।’साभार खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय