नेपाली राजनिती,
भिडियो,
नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सह(इन्चार्जको जिम्मेवारी दिएको छ ।
१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सह इन्चार्ज तोकेको हो ।
दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन् ।
अन्य सह इन्चार्जमा गंगा सत्गौवा, मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने छन् । उनीहरु सबै केन्द्रीय सदस्य हुन्एमालेले केन्द्रीय कमिटीका ३४५ जनाकै जिम्मेवारी निर्धारण गरेको छ।
केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्धारण गरेको जिम्मेवारी अनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी नेतृत्व गर्ने भएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन्।
उपाध्यक्षहरू युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टीको साङ्गठनिक कामको अनुगमन, सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला हेर्ने जिम्मेवारी तोकिएको छ।
महासचिव शंकर पोखरेलले साङ्गठनिक कामको संयोजन, उपमहासचिवत्रय प्रदीप ज्ञवालीले स्कूल विभाग प्रमुख, पृथ्वी सुब्बा गुरुङले प्रचारप्रसार विभाग प्रमुख र विष्णु रिमालले आर्थिक तथा निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। सङ्गठन विभाग प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई दिइएको बिहीबार जारी अन्तरपार्टी निर्देशनमा उल्लेख छ। साभार खबर ।