बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्ड पथको कार्यदिशालाई छो’ड्नु ग’लत भएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित जन सांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उ’द्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताएका हुन्।

प्रचण्डपथ भित्र सबै वर्ग, जा’ति, लि’ङ्ग र समु’दायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तर वि’रोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाई छ। यसलाई केही पनि होइन जस्तोगरी फ्याक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए।

अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गरे। माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रुपमा अस्पष्ट भएको उनले बताए। उनले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गरे।

उनले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औँल्याए। देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा उनले जोड दिए। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय