शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को पूर्वअध्यक्ष कमल थापामाथि अनुशा’सनको का’रवाही गर्न देशभरीका कार्य’कर्ताले माग गरेका छन ।

राज संस्था र हिन्दु राष्ट्र अनुकूल महाधि वेशनको म्याण्डेट लत्याउने कुचेष्टा गरेको, निर्वाचन संयोजक हरीबहादुर बस्नेत सहित निर्वाचन समितिलाई विवा’दमा तान्ने दु’ष्प्रयास गरेको भन्दै थापालाई नसिहत दिनु पर्ने माग राप्रपाभित्र व्यापक बनेको छ ।

पार्टी सुत्रका अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर, फोन गरेर र खुला पत्र लेखेर यस्तो दवाब दिनेहरु हजारौं छन् । देश भित्रबाट मात्र नभएर विदेशमा रहने राप्रपाका समर्थक र शुभचिन्तकहरु पनि थापाको पयालनवादी हर्कतबाट आजित छन् ।

राप्रपाका भूपू अध्यक्ष थापा, राप्रपाको मूख्य सैद्धान्तिक स्तम्भ संवैधानिक राजसंस्था प्रतिकुल गएको भन्दै युवा नेता विशाल विक्रम शाहले आपत्ति जनाएका छन् । राप्रपाको लेटरप्याड दुरुपयोग गरेर राजसंस्था र हिन्दुका मुद्दा कमजोर बनाउने थापाले दुष्प्रयास गरेको शाहको ठहर छ ।

यसै सन्दर्भमा अमेरि’काबाट अध्यक्ष लि’ङदेनलाई पत्र लेख्दै थापामाथि छानविन गरी कारवाही गर्न उनले माग गरेका छन् । चुनाव हारेर गैरजिम्मेवार रुपमा राप्रपालाई कमजोर बनाउन थापा लागिपरेको भन्दै शाहले चिन्ता र चासो प्रकट गरेका हुन् ।

राप्रपाको फेसबुक पेजमा राखिएको एक सुचनाले धेरै कुरा प्रष्ट पारेको छ । ‘कमल थापाले राजा धर्म ६५ करोडमा बेचेको सूचना छ, छानविन गरेर कार’वाही गरौ,’ उक्त सार्वजनिक अपिलमा भनिएको छ ।

‘पार्टीको लेटर’प्याड दुरुपयोग गर्दै, कमलजीले सर्वोच्च महाधिवेशन प्रतिनिधिहरुको बेइज्जत गर्ने, संयोजक हरि बहादुर बस्नेतलगायत निर्वाचन समितिलाई दाग लगाउने दु’ष्कर्म गरेका छन्, उनको दिमागी हालतसमेत जाँच गरी स्पष्टीकरण सोधौ,’ अध्यक्ष लिङदेन प्रति लक्षित सामूहिक मागपत्रमा भनिएको छ ।

नवनिर्वाचित केन्द्रीय सदस्य गोविन्द खडायत भन्छन्, ‘चुनावी हारले गर्दा मानसिक सन्तुलन गुमाउने खतरा देख्दै छु म काजी सापको ।’ यो खबर दैनिक न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय