बिहिबार , बैसाख १३, २०८१

भिडियो,

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन जनाउने घोषणा गरेपछि धेरैले सिंहको आलोचना गरेका छन् ।

मंगलबार बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार कसैले पनि बहुमत नल्याएसँगै धेरै मत ल्याउने शेरबहादुर देउवा र शेखर कोइरालाबीच निर्वाचन हुने अवस्था सिर्जना भएपछि सिंहले देउवालाई समर्थन जनाउने घोषणा गरेका हुन् ।

देउवासँगको सहमतिपछि मिडियासँग कुराकानी गर्ने क्रममा सिंहका सहयोगीले गरेको फेसबुक लाइभमा बहुसंख्यकले उनको आलोचना गरेका हुन् । सिंहको निर्णय गलत भएको अधिकांशको भनाई छ ।

कतिपयले नेपाली जनतालाई भेडो भन्ने सर्वमान्य नेता गणेशमान सिंहको भनाई उल्टो भएको भन्दै उनकै छोरा प्रकाशमान सिंह भेडो भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशमानले समर्थन गरेसँगै सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले पनि बाध्य भएर देउवालाई समर्थन गरेका छन् ।

देउवाको खरो आलोचना गर्दै आएका सिंहले उनैलाई समर्थन गर्दा धेरै आश्चर्यमा परेका छन् । उनले देउवा अयोग्य र असक्षम रहेको भन्दै उनीबाट देश र पार्टी दुवै चल्न नसक्ने बताउँदै आए पनि अहिले भने समर्थन गरेका हुन् । सिंहले देउवालाई समर्थन गर्ने घोषणा गरेसँगै कांग्रेसमा नेतृत्व परिवर्तन गर्ने संभावना न्यून भएर गएको छ । अब पनि काँग्रेसमा नेतृत्व परिवर्तन नभएर सो पार्टी प्रजा परिषद हुने कतिपय बुद्धिजीवीले बताउँदै आएका छन् ।

सर्वमान्य नेता गणेशमान सिंहले २०४६ सालको परिवर्तनपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा त्याग गरेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेका थिए ।

गणेशमान कै छोरा भएकाले प्रकाशमान सिंहलाई काठमाडौंवासीले चुनाव जिताउँदै आए पनि उनीहरुको भावनाविपरित देउवालाई समर्थन गर्न पुगेका छन् । पछिल्लो समयमा देउवा निकै अलोकप्रिय रहे पनि पार्टीमा भने आफ्नो पडक जमाउन सफल भएका छन् । कर्पोरेट नेपालबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय