शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए दलमा सामेल भएर आउन ठाडो चुनौती दिएका छन् ।

पछिल्लो समय पूर्वराजा शाहले राजनीतिमा आफ्ना गतिविधिलाई सुक्ष्म ढंगले अघि बढाइरहेको संकेत गर्दै अध्यक्ष नेपालले राजनीति गर्न मन भए दलमा सामेल भएर आउन चुनौतीका सल्लाह दि ए ।

सोमबार काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा उनले भने, ‘बस्न मन छ भने राम्रो व्यापारी भएर बसे हुन्छ । राजनीति गर्न भए कुनै पार्टीमा सामेल भए राम्रो ।

होइन राजेन्द्र लिङ्देनलाई अध्यक्ष मान्नुछ भने उपाध्यक्ष भएर बसे हुन्छ, सल्लाहकार भएर बसे हुन्छ । राजनीतिक मैदानमा आउनुछ भने टिकट लिएर आए हुन्छ । होइन भलाद्मी मान्छे बन्नुछ भने समाजको परिवर्तनको संवाहक, सामाजिक अभियन्ता भएर आए हुन्छ ।’

अध्यक्ष नेपालले कसैले नसोचेको राजतन्त्रलाई उखेलेर फाले पनि नेपाली राजनीतिको आकाशमा फेरि कालो बादल मडारिरहको बताएका छन् । तर, राजतन्त्र फर्कुन र बगेको नदी उकालो फर्कनु उस्तै रहेको उनको भनाइ छ ।

‘कसैले नसोचेको राजतन्त्रलाई उखेलेर फालिदिएका छौँ । अहिले फेरि नेपाली राजनीतिको आकाशमा कालो बादल मडारिन थालेको छ । राजालाई फर्काउने दुस्साहस गर्न खोजिरहेको छ,’ उनले भने, ‘राजालाई फर्काएर ल्याउनु भनेको नदीको प्रवाहलाई उल्टो घुमाउनुजस्तै हो । जसरी नदी फेरि उकालो जान सक्दैन, त्यसैगरी इतिहास पछि फर्कन सक्दैन । इतिहास पछि फर्केर जान सक्छ ।’

अध्यक्ष नेपालले राजनीति गर्न नसके समाजको संवाहक सामाजिक अभियन्ता भएर पनि आउन भनेका छन् । उनले भने, ‘सामाजिक अभियन्ता समाजको लोकतान्त्रिक परिवेश निर्माण गर्ने गर्छ । आलोचना छ भने पनि सुन्ने धैर्यता राख्ने, विभिन्न संगठनका बीचमा प्रतिस्पर्धा हुने दिने, सहीको जीत र गलतको हार हुन्छ ।’ यो खबर न्युज २४मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय