शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एउटै मञ्चमा देखिनुभयाे ।

ओली–प्रचण्डबीच गएकाे पुसयता र ओली–नेपालबीच असार २३ यता भेट भएकाे थिएन तर कांग्रेसकाे महाधिवशेनमा लामाे समयपछि यी तीनै नेतालाई एउटै मञ्चमा देखियाे ।

याे महाधिवेशनले ओली–प्रचण्डबीच संवाद हुने र हाँसाे ठट्टाकाे अवसर पनि जुराइदियाे ।

नेपाल र दाहालले कांग्रेस उद्घाटन सत्रमा शुभकामना दिएपछि ओलीले शुभकामना दिने पालाे थियाे । तर ओलीले बाेल्दै गर्दा एक्कासी माइक बिग्रियाे । माइक बिग्रिएर उहाँ पाेडियमबाट आफू बसिरहेकाे ठाउँमा जाँदा प्रचण्डबीच संवाद र हाँसाे ठट्टाकाे अवसर जुरेकाे हाे ।

त्यस क्रममा कार्यक्रमबाट जानै लाग्नुभएका प्रचण्ड र ओलीबीच नमस्कार आदानप्रदानसम्म भयाे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने पहिले नै मञ्चबाट बिदा भइसक्नुभएकाे थियाे । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय