बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट शुरु भयो।

उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेतालाई जनताले चोरका रुपमा बुझ्ने आशय व्यक्त गरे।

लिङ्देको उक्त अभिव्यक्तिपछि मञ्चमा आसिन् नेताहरुले असहज महसुस गरे। आफ्नो बोल्ने पालो आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसी कार्यकर्तालाई नेताहरु चोर नै हुत् त भनी प्रश्न गरे। प्रचण्ड त्यसको उत्तर ‘होइन वा होइनन्’ को अपेक्षा गरिरहेका थिए।

तर त्यहाँ उपस्थितहरुले गुञ्जयमान स्वरमा ‘हो–हो’ भनिदिए। थोरै अनुहार खुम्चाउँदै प्रचण्डले हातले इशारा गर्दै ‘होइन त्यो गलत हो’ भने।

त्यसपछि कार्यक्रममा सहभागीहरुले पुनः चिच्याउँदै ‘हो–हो’ भने। पछि प्रचण्डले लिङ्देनतिर लक्षित हुँदै कडा व्यंग्यहरु प्रहार गरेका थिए।
कांग्रेसको महाधिवेशनमा ओलीको ‘क्रेज’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेताहरु भन्ला पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्रेज देखिएको छ।कार्यक्रममा ओलीको आगमनसँगै कांग्रेस कार्यकर्ताहरु उत्साहित भएका थिए। ओली बोल्दा–बोल्दै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पालैपालो बाहिरिए।

अझ रोचक दृष्यचाहिँ ओली बोलेर हिँडेपछि दर्शकदीर्घामा रहेका सहभागी पनि बाहिरिन थाले। ओली बोलेर हिँडेलगत्तै सहभागीहरू धमाधम निस्किन थालेका थिए।

त्यसपछि कांग्रेसका पदाधिकारीको लम्बेतान भाषण चल्न थालेपछि भृकुटीमण्डपको महाधिवेशनस्थलका कुर्सी खाली हुँदै गएको थियो। सभापति शेरवहादुर देउवाले सम्बोधन गर्ने बेलासम्म साँझ झमक्क हुने देखिएको छ।

ओलीलै भाषण सुन्नका लागि कतिपय मानिसहरु भृकुटीमण्डप गएको जस्तो देखिएको थियो। उनी बोल्दाबोल्दै केही समय माइक पनि अवरुद्ध बनेको थियो। सम्बोधनमा ओलीले राष्ट्रिय मुद्धाहरुमा कांग्रेससँग एकसाथ अघि बढ्न तयार रहेको बताएका थिए। उनले कांग्रेस अरुको नीतिमा नभएर आफ्नो नीतिमा अघि बढोस् पनि भनेका छन्। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय