बुधबार , भाद्र १, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

काठमाडौं : नेपाली कांग्रेसले पछिल्लाे ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा संकलन गरेको छ ।

पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ ।

प्रतिवेदनअनुसार २०७२/०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३/०७४ मा एक करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ ।

२०७४/०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५/०७६ मा १ करोड ४६ लाख ४० हजार ७०६, ०७६/०७७ मा ६२ लाख २१ हजार ६६१ रकम संकलन भएको छ । २०७७/०७८ मा १ करोड, ३ लाख ४१ हजार ६५८ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ । यता काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४‌औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्।

उनी भृकुटीमण्ड पस्थित मञ्चमा सहभागी भएका हुन्।मञ्चमा सहभागी हुँदा उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बसेको ठाउँमा बसेनन्।

बरु उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बाँया साइडमा बसेका छन्। यी नेताहरुबीच संसद विघटन भएसँगै न भेटघाट भएको थियो, न अहिलेसम्म बोलचाल नै भएको छ।

सबैले कांग्रेस महाधिवेशनको मञ्चमा यी तीन नेताहरु एकसाथ आसन ग्रहण गर्ने अपेक्षा गरेका थिए। तर ओली प्रचण्ड र नेपालको ‘अपोजिट डिरेक्सन’मा बसेका छन्। त्यस ठाउँमा पहिले रामचन्द्रका वरिष्ठ नेता रामचन्द्र पौडेल आसन ग्रहरण गरेका थिए। ओली पुगेपछि पौडेल उक्त कुर्सीबाट उठेका थिए। लगत्तै सोही कुर्सीमा ओलीलाई आसन ग्रहण गरेका थिए। साभार खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय