बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गर्नुपर्ने आजको आवश्यक्ता भएको बताएका छन् । नारायणकाजीले यसरी औंल्याए माओवादीका चार समस्या र कमजोरी ।

शनिवार माओवादी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गरेर मात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्न सम्भव हुने बताएका हुन् ।

‘पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गरेर मात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्ने र सामाजिक न्यायसहितको सम्बृद्धि लक्ष्य हासिल गर्ने पार्टीको रुपमा आफुलाई रुपान्तरण र विकसित गर्न सक्छौ’, नेता श्रेष्ठको भनाइ छ ।

उनले यो नै नेपाली समाज र नेपाली क्रान्तिको आवश्यक्ता रहेको पनि दावी गरे । उनले विचारमा अझै विकसित गर्ने, गुटवादलाई अन्त्य, भ्रष्टिकरणलाई रोक्ने, श्रमजीवि वर्गसँगको सम्बन्धबारे समीक्षा गर्नुपर्ने समेत बताए ।

‘यो चारवटा कुरा भनेको आजका समस्याहरु हुन्, यी समस्या र कमजोरीलाई समाधान गर्दै यथास्थितिवादसँगको सम्बन्ध वि च्छेद गरेर क्रान्तिकारी रुपान्तरण र पुनर्गठनको पहल गर्नुपर्छ, त्यही निष्कर्ष हामीले लिएका छौ’, श्रेष्ठको भनाइ छ ।

उनले देशी विदेशी शक्तिले माओवादीलाई क्रान्तिकारी पार्टी बन्न नदिने ष ड्यन्त्र भइरहेको भन्दै त्यसतर्फ सचेत हुन जरुरी रहेको जनाए । श्रेष्ठले पार्टीमा नेता कार्यकर्तामा हुने छलफल र बहस हुने भन्दै नेतृत्वका बीचमा एकता अनिवार्य रहेको पनि बताए । उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई एकाकार बनाउन प्रतिबद्ध रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय