शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले विराटनगर विमानस्थलमा रहेको शौचालयको अनुगमन गरेका छन् ।

एक कार्यक्रममा सहभागी हुन शुक्रवार विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले अचानक शौचालयको अनुगमन गरेका हुन् ।

विमानस्थल परिसरमा फोहोर देखेर मन्त्री आले अचानक शौचालयको अनुगमनमा पुगेपछि विराटनगर विमानस्थलका कर्मचारी अलमलमा परेका थिए ।

शौचालय अनुगमनपछि उनले शौचालय ठिकै रहेको भन्दै त्यहाँबाट बाहिरिए । विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै उनले यात्रुकक्षमा रहेको शौचालयको अनुगमन गरेका हुन् । शौचालयको अनुगमन गर्ने कार्यक्रम अचानक बनेको थियो ।

‘मन्त्रीज्यूले विमानस्थलको अनुगमन गर्ने पूर्व कार्यक्रम थिएन’ प्रमुख खरेलले भने, ‘अचानक मन्त्रीज्यूले विमानस्थलभित्रको यात्रु बाहिरिने कक्षका साथै शौचालयको अनुगमन गर्नुभयो ।’ मन्त्री ज्युको अनुगमन गर्ने कार्यक्रमले एकैछिन त हामी नै अलमलमा परेका थियौं ।’ तर मन्त्रीज्यूले अनुगमनका क्रममा समस्या समाधानका लागि बजेटमार्फत सम्बोधन गर्ने आश्वासन दिएको खरेलले बताए ।

मन्त्री आलेले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट विराटनगर विमानस्थलका लागि आवश्यक बजेट विनियोजन हुने दाबी गरे । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नतिका लागि बजेट अभावमा रोकिएको छ । यो ख बर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय