शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका छन् ।

उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको बताए ।

शुक्रबार काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमाएको अवस्था छ ।’

जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे ।

‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनले भने ।

महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह गरे । उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय