बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा कमल थापा पक्षले वर्चस्व ल्याएको छ ।

राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । त्यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनु भएको छ ।

यस्तै, कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङले १ हजार ९ सय ४४ मत ल्याएर विजयी हुनु भएको छ भने थापा प्यानलकै ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ मतसहित विजयी हुनु भएको छ ।

महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की विजयी हुनु भएको छ । उहाँले १ हजार ६ सय ८९ मत पाउनु भएको छ । महामन्त्रीको प्रतिस्पर्धामा थापा पक्षकै भुवन पाठक १ हजार ८ सय ५ मतसहित विजयी हुनु भएको छ भने लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २ हजार २ सय २१ मतसहित विजयी हुनु भएको छ ।

यस्तै, महिला महामन्त्रीतर्फ भने कमल थापा समूहकी कुन्ती शाही विजयी हुनु भएको छ । अध्यक्षमा भने कमल थापा राजेन्द्र लिङ्देनसँग दुई सय मतले पराजित हुनु भएको थियो ।

कसकाे मत कति ?

यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय