बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अबको स्थानीय तह चुनावमा एमालेले देशका आधाभन्दा बढीमा चुनाव जित्ने दाबी गरेका छन् ।

पार्टीको १०औं महाधिवेशनको आज चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री तथा नेपाली काङ्गे्रस सभापति शेरबहादुर देउवाकै अघि उनले भने, ‘अब हाम्रो पार्टी प्रवेशको कार्यक्रम फागुनसम्म चल्छ, यहाँ पनि लाखौं मान्छे प्रवेश गर्थे तर आज मिलेन ।’

ओलीले आग्रह र पूर्वाग्रह त्यागेर सूर्यको झन्डामुनि गोलबद्ध हुन आग्रह गरे । उनले सूर्य चिह्नको महिमा र एमालेको सम्बन्धबारे बताए । उनले गायत्री मन्त्र नै उच्चारण गरी सूर्यलाई गायत्रीमन्त्रको अर्थसँग जोडेका थिए ।

‘सबै बाणहरूलाई एमालेको सूर्यअङ्कित झन्डाले रोक्छ,’ उनले भने, ‘दुनियाँलाई उज्यालो पारेको सूर्य एमालेको झन्डा र चुनाव चिह्नमा बसेको छ ।’ उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने पनि दाबी गरे ।

र, बाँकी काम एमालेले पूरा गर्ने बताए । यता एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ ।

परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं । चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं । एकल बहुमत ल्याउनुपर्छ । एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भने । यो खबर डिसी नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय