बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन अरु १० दल आएपनि कुनै फरक नपर्ने बताएका छन् ।

एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा ओलीले एमाले सिद्धाउन पाँच दलीय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताएका हुन् ।

त्यस्तै उनले एमालेलाई कसैको बैशाखी टेकेर हिड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । त्यस्तै उनले आगामी निर्वाचनमा सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने तर्क गरे ।

आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठवन्धन रहने कुरा गरिरहेको उनको भनाइ छ । उनले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गरे ।

एमाले नेतृत्वको सरकारले मुलुकमा बिकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको उनले बताए । उनले अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरे ।

ओलीले अहिले एमाले सफा भएको भन्दै सदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय