बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार उ’ल्लंघनका गम्भी’र घ’टनामा आममा’फी दिने कुरामा सहमत नहुने बताएका छन् ।

नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष पूरा भएको सन्दर्भमा ओलीले आइतबार विज्ञप्तीमार्फत द्व’न्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघ’नका घ’टनामा आममाफी दिन नहुने बताएका हुन ।

कतिपय घट’नामा प्रत्यक्ष र परोक्ष रुपमा माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताको संलग्नता देखिएको छ । जसले गर्दा प्रचण्ड प’क्राउ पर्ने डरले विदेश जान समेत डराउँछन् ।

विदेशमा प्रचण्डलाई मानवअधिकार विरोधी र यु’द्ध अपरा’धीका रुपमा कालोसूचीमा राखिएको छ । यस्तो बेला ओलीले प्रचण्डलाई माफी होइन जे’ल पठाउनेगरी वकतव्य निकालेका छन् । ‘हामी द्व’न्द्व’कालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लं’घनका ग’म्भीर घ’टनामा आ’ममाफी दिने कुरामा सहमत हुन सक्दैनौं,’ ओलीले भनेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालको शान्ति प्रक्रिया घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको भन्दै संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पुर्याउनुपर्ने मान्यता रहेको स्पष्ट पारेका छन् ।

नेपाल सरकार र नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौ’तामा हस्ताक्षर भएपछि मुलुक १० वर्ष लामो सशस्त्र द्वन्द्वबाट शान्तिको चरणमा प्रवेश गरेको थियो।

उनले आफ्नो नेतृत्वको सरकारको सं’क्रमणकालीन न्यायका बाँकी कार्यभारका सम्पन्न गर्न प्रयास गरेको भए पनि द्व’न्द्वमा संल’ग्न परस्परविरोधी पक्षका फरक–फरक चासोले गर्दा अव’रोध पुगेको आ’रोप लगाएका छन् । नेपाल पानाबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय