बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले बनाएको शेर बहादुर देउवा नेतृत्वको सरकार ढाल्न लागेको रहस्य खुलेको छ ।

जसरी केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार विरुद्ध लाग्नुभएको थियो अहिले त्यस्तै गर्न थालेको एक स्रोतले बतायो । नेपाली काग्रेसका सभापती समेत रहेका एवं प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका प्रचण्डको सम्बन्ध फेरी विग्रिएको हो ।

प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेर देउवा माथी खेल्न खोजे पछि देउवा फायर भएको बताइन्छ ।

प्रधानन्यायाधिश चोलेन्द्र प्रकरण देखीनै देउवा प्रचण्ड सँग झस्किएको स्रोतको दावी छ । वालुवाटार निकट उच्च स्रोतले दिएको विशेष सुचना अनुसार प्रधानन्यायाधिश चोलेन्द्र शमशेरका जेठान गजेन्द्र हमाललाई प्रचण्डको समेत विशेष जोडबलमा मन्त्री बनाइएको थियो ।

पछि यसैलाई निहुँ बनाएर चोलेन्द्रलाई हटाउँन प्रचण्डले डबल रोल खेले पछि देउवा झस्किनुभएको स्रोतको दावी छ । देउवा प्रचण्ड सँग रिसाउँनुको अर्को कारण हो सरकार संचालन सम्बन्धी समन्वय संयन्त्र । संविधानलेनै नचिन्ने सुपर सरकार चलाउँन प्रचण्डले पहिले देखिनै भन्दै आउनुभएको थियो तर देउवाले टार्दै आउनुभएको थियो ।

सुरुमा प्रचण्डको प्रस्ताव उच्च स्तरिय सरकार संचालन संयन्त्र बनाउँने र त्यसको संयोजक आफु बनेर देउवालाई चलाउँने भन्ने थियो त्यो अवस्था नदेखे पछि अहिले उहाँले रामचन्द्र पौडललाई अघि बढाएपछि सम्वन्धमा झनै चिसोपन आएको हो ।

पौडललाई प्रचण्डकै जोडबलमा सरकार संचालन समन्वय समितको संयोजक बनाए पछि देउवा फायर भएको स्रोत बताउछन् । देउवाको चाहना विपरित प्रचण्ड र माधव नेपालले यस्तो प्रस्ताव गरे पछि देउवाले हुन्न भन्न नसकेर मात्रै संयन्त्र बनाएको बताइएको छ । देउवाले यस्तो संयन्त्र केहि समयका लागी मात्रै हो भनेर सार्वजनिक रुपमा बोलीसक्नुभएको छ ।

नेपाली काग्रेसको रामचन्द्र पौडल समूहले आगामी निर्वाचनमा काग्रेसले रुखमै भोट हाल्न पाउँनु पर्छ क्याम्पेनिङ गर्न थाले पछि प्रचण्डले पौडलको मुख बन्द गराउँन संयन्त्रको संयोजक बनाउँन जोड गरेको स्रोत बताउँछ ।

देउवा प्रचण्ड सम्बन्ध चिसिनुको अर्को मुख्य कारण भनेको सर्वोच्चको अहिलेको लफडानै हो । प्रचण्ड कुनै पनि हालतमा चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधिश बाट हटाउँनै इच्छा राखेपनि र देउवा त्यो कुरा कुनै पनि हालतमा मान्न तयार हुनुभएको छैन । यसमा पनि प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेको स्रोतको दावी छ । चोलेन्द्र हटे भने प्रधानन्यायाधिशको लाइनमा रहेका वरिष्ठतम न्यायाधिश दीपक कार्की रामचन्द्र पौडल निकट व्यक्ति हुनुहुन्छ ।

सोही कुरालाई बुझेर देउवा चोलेन्द्रलाई हटाउँन तयार हुनुभएको छैन भने प्रचण्ड रामचन्द्रलाई उकासेर देउवालाई चेपुवामा पार्ने पार्ने दाउमा रहेको स्रोत बताउछन् ।

रामचन्द्र पौडल मार्फत नेपाली काग्रेस भित्र दवाव बढाउँने र राजिनामा नदिए महाअभियोग लगाएर भए पनि चोलेन्द्रलाई सर्वाच्च अदालत बाट हात धुन लगाउँने गरि प्रचण्डले रोडम्याप बनाए पछि देउवा जत्तिको चतुर खेलाडीले नबुझ्ने कुरै भएन । यहि कारण देउवा प्रचण्ड सम्बन्ध पौष १५को मौसम भन्दा चिसो भैसकेको बताइएको छ । पाथिभरान्युजबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय