शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

कुन राजनीतिक पृष्ठभूमिबाट एमाले बन्दै हो ?

मैले २०५३ देखि २०६३ सालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न पदमा बसेर काम गरेको छु । गाउँ इकाइ समितिको अध्यक्षको रुपमा दुई पटक काम गरे । क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यको रुपमा काम गरें ।

समयको माग अनुसार मधेस आन्दोलन लगायत विभिन्न आन्दो लन भएपछि जनताको माग राप्रपाबाट सम्बोधन हुन सक्दैन भनेर २०६३ सालमै फोरम लोकतान्त्रिकमा प्रवेश गरें ।

त्यो पार्टीमा जिल्ला सदस्य, केन्द्रीय सदस्य, पार्टीको केन्द्रीय लेखा समितिको सदस्य भएर काम गरें । त्यो पार्टीमा २०७४ सालसम्म काम गर्दै आएको थिएँ ।फोरम काँग्रेसमा गएपछि आफ्नो सक्रियतालाई घटाएँ । हालसम्म तटस्थ भएर बन्दै आएको थिएँ । नेकपा एमाले प्रवेशको वाताबरण बन्यो ।

एमाले चाहिं किन रोज्नुभयो ?फोरम लोकतान्त्रिक सिंगो पार्टी नै काँग्रेसमा प्रवेश गर्यो । काँग्रेस रोज्न सकिन्थ्यो । तर पनि मेरो आफ्नो विचारमा काँग्रेस भनेको पुरानो सिद्धान्तबाट चलेको पार्टी हो ।

२०१५, ०३६ र ०४८ को कुरा गरेर जनताको बीचमा गएको पार्टी हो । जुन कुरा जनता अहिले त्यति रुचाउन चाहँदैनन् । अर्को कुरा काँग्रेस अब सैद्धान्तिक रुपले बुढो पनि भैसकेको छ ।

त्यसकारण काँग्रेसले आमूल परिवर्तन नगर्दा, विचार परिवर्तन नगर्दासम्म यो देशमा काँग्रेसले केही पनि गर्न सक्दैन । आदीवासी, जनजाति, मधेसीको पहिचाको सम्मान पनि गर्न सक्दैन । देशलाई पनि बनाउन सक्दैन काँग्रेसले भन्ने लागेर २०७४ मा फोरम लोकतान्त्रिक काँग्रेसमा प्रवेश गर्दा मैले प्रवेश गरिन । तटस्थ बसें । पाथिभराबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय