बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले करिब ४००० लाई एमाले प्रबेश गराएका छन् ।

ओलिले लुम्बिनी प्रदेशको बाँकेका स्वतन्त्र समुहका नेता पशुपति दयाल मिश्रसहित ३ हजार ९ सय ४३ जना नेता कार्यकर्ता पार्टी प्रवेश गराएका छन ।

राजपाका पूर्वसहमहामन्त्री मिश्र २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा सूर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।

राजनीतिकरूपमा बलियो पकड भएका मिश्र राजपाका इस्तिहाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए ।

विभिन्न दलबाट एमाले रोजेका नेता कार्यकर्तालाई स्वागत तथा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पुगेका थिए ।

उनले देशैभरी एमालेमा आउनेको लहर चलेको भन्दै आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।

आज पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने संकेतको रूपमा आजको कार्यक्रमलाई लिए ।

मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य मो हारुनले जानकारी दिए । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय