शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

यहि मङ्सिर ४ गते एक बिशेष समारोह बिच तार्केश्वोर वडा न ११ स्थिति शेषमति पुल नजिकै दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेसको एक भब्य समारोह बीच काठमाडौँ जिल्ला क्षेत्र न ६ का सभासद माननीय पुर्व रक्षा मन्त्रि श्री भीमसेन दास प्रधान ज्यु बाट रिबन काटी समुत्घाटन गर्नु भयो ।

प्रमुख अतिथि श्री भीमसेन दास प्रधान ज्युले पानसमा बत्ति बालि उत्घाटन समारोह शुभारम्भ गर्नु भएको बिशेष समरोहरमा ,प्रमुख अतिथि श्री भीमसेन दास प्रधान ज्युले दियालो फूडल्याड शेषमतिको आपर सफलताको शुभकामान दिदै ,व्यशायिक सफलतासंगै स्थानियलाई रोजगार र स्थानिय उत्पादनहारुलाई प्राथमिकता दिदै दियालो केन्द्र बसुन्धरा , दियालो फूडल्याड वुटवल, दियालो फूडल्याडचितवन आज भब्य समारोह बीच उत्घाटन गरिएको दियालो फूडल्याड शेषमति संगै दियालो फूडल्याड देशब्यापी रुपमा फैलियोस भन्ने शुभकामन ब्यक्त गर्नु भयो ।

समारोहमा विशेष अतिथिका रुपमा दियालो ग्रुपका अभिभावक ,पुर्व राष्ट्रिय शभामा विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्री सुरेन्द्र राज पाण्डे ज्यु, नाट्टा केन्द्रका अध्यक्ष श्री अच्युत गुरागाईंज्युले पर्यटन प्रबर्धनमा टेवा पुराउने आशा बोक्दै सफतलाको शुभकामना दिनु भएको थियो ।

कलाकार उत्तम के सी,नेपाली कांगेसका नेता बिष्णु भक्त तिमल्सिना , विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता,समाजसेवि अगुवाहरु ,नगरपालीकाका शिक्षा साखा प्रमुख होमनाथ न्यौपानेको पनि उपस्तिथी रहेको समारोहमा लायन्सक तर्फ बाट लायन उद्धवराज तिमल्सिनाले शुभकामान दिनु भएको र तार्केश्वोर न .प वडा न १,२,३,४,६ र ११ का वडा अध्यक्षहरुको आतिथ्य रहेको समारोहमा तार्केश्वोर न. प तर्फ बाट वडा २ का वडा अध्यक्ष रबिन्द्र के सी ज्युले सफलताको शुभकामान दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय