बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले पाँच दलिय गठबन्धनलाई टुक्राटुक्रा पार्ने षड’यन्त्रको गम्भीर सूचना पाएका छन्।

राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनको निरन्तरतामा जोड दिएको छ । सो पार्टीको कार्तिक ३० गते बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले देशमा प्रतिगमनको ख’तरा कायमै रहेको निष्कर्ष निकाल्दै ५ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको हो ।

बैठकले ५ दलीय गठबन्धन टुटाउन एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्तिहरु निरन्तर लागिरहेको निष्कर्ष समेत निकालेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै ग’ठबन्धन टुटाउन देशी विदेशी शक्तिहरुले प्रयास गरिरहेको बताएका छन् ।

यद्यपि, उनले गठ’बन्धन टु’टाउनुका पछाडि ती शक्तिहरूका बेग्लाबेग्लै उद्देश्य रहेको दाबी गरेका छन् । अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘अमे’रिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूरा’ज्य ब्यूँताउन, एमाले र राजावा’दीहरुले देशलाई प्र’तिगमनतर्फ लैजाने उद्देश्यले काम गरेको छ ।’

सो पार्टीले सर्वोच्च अदाल’तको सुधारका लागि प्रधानन्यायाधीशका विरुद्ध चलिरहेको आ’न्दोल’नप्रति ऐक्य’बद्धता पनि प्रकट गरेको छ । यद्यपि, प्रधानन्यायाधी’शका वि’रुद्ध उठिरहेका बेग्ला बेग्लै मतमाथि पनि ध्यान दिइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छः ‘न्यायिक ढंगबाट प्रधानन्यायाधीशका विरुद्ध उठेको आवाजलाई हामीले समर्थन गर्दछौँ । तर प्रधानन्यायाधीशले संसदको पुनर्स्थापनाको फैसला गरेका कारण त्यसबाट आ’क्रोशित प्रति’गामी तथा एमालेले गरिरहेको वि’रोधको उद्देश्य त्यो फैसला गलत थियो भन्नेमा नै बढी केन्द्रीत छ । यस्तो स्थितिमा देशको राजनीतिलाई प्रति’गमन तर्फ जान नदिन प्रधानन्यायाधीशको राजीनामाको विषयलाई तत्कालका लागि हाम्रो दलले स्वीकार नगर्ने निष्कर्ष निकालेको छ ।’

यस्ता छन् केन्द्रीय समिति बैठकका ६ निर्णयः १।बैठकमा देशको समग्र राजनीतिक परिस्थितिबारे छलफल भयो । संसदको पुनस्र्थापना तथा ओली सरकारको पतन भएर तत्कालका लागि प्रति’गमन परास्त भए पनि ओली पक्षबाट लगातार संसद सञ्चालनमा पुर्याएको अवरोध, माधव नेपाल सहितका १४ जना सांसदहरुलाई पदबाट ब’र्खास्त गर्न अदालतमा दायर गरेको मु’द्दा, भारतीय साम्राज्यवादले आफ्ना एजेण्डा नेपालमा लागू गर्न ओली पक्षलाई उपयोग गरिरहेको सम्पूर्ण पक्षमाथि ध्यान दिँदा देशमा प्रति’गम’नको ख’तरा कायम रहेको छ ।

त्यसका वि’रुद्ध लड्न वा संघर्ष गर्न तथा देशलाई प्रतिगमनतर्फ जान नदिन ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता र औचित्य भएकोले ५ दलीय गठबन्ध’नको निरन्तरताका लागि हाम्रो दलले जोड दिन्छ ।

२। पाँच दलीय गठ’न्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरूबाट प्रयास भैरहेको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्राज्यवाद तथा राजावादी शक्ति’हरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरूका बेग्लाबेग्लै उद्देश्यहरू रहेका छन् ।

अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हि’न्दूराज्य ब्यूँताउन, एमाले र राजावा’दीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले काम गरेको छ ।

नेपाली काँग्रेस एमसीसीको ‘पक्षमा रहेको छ । नेपाली काँग्रेस भित्रबाट तथा अमेरिकी साम्राज्यवादबाट नेकाको नेतृत्वमाथि दबाब रहेको छ । त्यसका बाबजुद पनि ५ दलीय ग’ठबन्धनमा आ’वद्ध माओवादी र एकीकृत समाजवादी एमसी’सीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने हाम्रो पार्टी दृढ रुपमा एमसी’सीका वि’द्ध रहेको छ । यो खबर otv nepal मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय