शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् ।

केहि समय अघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरि एमालेमा लागेका बादल, टोपबहादुर सहित लेखराज भट्टहरुलाई सम्झँदा आफुलाई एलर्जी हुने बताएका थिए ,रायमाझीले त्यसको जवाफ अहिले दिएका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा एमाले नेता रायमाझीले प्रचण्डमा ठूलो विचलन देखिएकाले मनलाग्दी बोल्ने गरेको बताए । चरम व्यक्तिवाद र अवसरवादमा उनी चुर्लम्म डुबेकाले ओरालो लागेको र अझै उनको हालत खराब हुने दावी गरे ।

जसलाई पनि त्यसलाई मलै बनाएको हो भन्न, म भन्ने ‘आइ द स्टेट’ भन्ने भावना प्रचण्डमा रहेको भन्दै रायमाझीले अब प्रचण्डको राजनिती समाप्त हुने दावी गरे । प्रचण्डले बनाएको आफ्नो छोरी र बुहारीलाई मात्रै हो टोपबहादुरलाई होइन भन्दै उनले जवाफ दिएका छन् ।

गाउँ बाट एउटा भेडा गोठालोलाई ल्याएर बनाएको हो भने प्रचण्डले बनाएको हो टोपबहादुरलाई आफ्नो योग्यता र क्षमताले बनाएको हो प्रचण्डले होइन आफुलाई खुब महान सम्झने र अरुलाई भेडा गोठाला सम्झने प्रवृती प्रचण्डमा रहेको छ रायमाझीले भने ।

देउवाको पछि लागेर प्रचण्डले आफ्नो राजनितीनै समाप्त पार्न लागेको भन्दै रायमाझीले आगामी निर्वाचन पछि प्रचण्ड र माधव नेपालहरुको राजनितीमा कुनै भुमिका नहुने पनि उनले जिकिर गरे ।

एमाले नेता टोपबहादुर रायमाझी सँग नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन लगायत समसामयिक बिषयवस्तुमा केन्द्रित रहेर ओटीभी नेपाल डट कमले गरेको भिडियो कुराकानी हेर्नुहोस् यो खबर otv nepal बाट साभार गरियको हो । भिडियो हेर्नुस,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय