बुधबार , बैसाख १२, २०८१

नेपाली राजनिती,

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले प्रकाश दाहालले आफूसँगको भेटमा ठूला नेताको छोरो हुनु कठिन रहेछ भन्ने गरेको स्मरण गरेका छन् ।

सोमबार प्रकाशित प्रकाश दाहाल स्मृति पुस्तकमा वैद्यले लेखेका छन्, ‘जनयुद्ध विकसित हुँदै गएपछि हाम्रो नियमित भेटघाट त हुँदैनथ्यो । तर, समय समयमा हाम्रो भेट भई नै रहन्थ्यो ।

त्यसै बीचमा एकदिन प्रकाशले मसित भनेका थिए, ‘काका, ठूलो नेताको छोरो हुनु बहुतै अप्ठेरो हुँदोरहेछ । उनको त्यो भनाइ निकै गम्भीर, मार्मिक र ध्वन्यात्मक थियो ।’

वैद्यले प्रकाश दाहालको आफ्नो स्वत्व भएको स्मरण गरेका छन् । वैद्यले लेखेका छन्, ‘प्रचण्डजीको र मेरो सम्बन्धको लामो श्रृङ्खला छ । यो सम्बन्ध पार्टीगत सम्बन्ध नै हो ।

प्रचण्डजीसितको सम्बन्धकै कारण मेरो प्रकाशसित सम्बन्ध हुन पुग्यो । तर, एउटा निश्चित कालखण्डमा त्यो सम्बन्ध प्रकाशसित एक पृथक सम्बन्ध पनि हुन गयो । किनकि प्रकाशको व्यक्तित्व र पहिचानको आफ्नै विशिष्ट स्वत्व पनि थियो ।’

‘प्रकाशले मलाई नजिककै काका मान्दथे’ वैद्यले लेखेका छन्, ‘र, मैले पनि प्रकाशलाई नजिकैको भतिजा मान्दथें । आफ्नो परिवारमा कुनैबेला आमा सिताजी र कुनैबेला बाबाले छोडेर कतै हिंड्दा प्रकाश रूने, कराउने र पछि पछि लागेर दगुर्ने गर्दथे ।

त्यो बालसुलभ रोदन मेरो मानस पटलमा अझैपनि ताजा नै रहेको छ । यो खबर दैनिक न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय