शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको छ ।

आज शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयाेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको हो । उहाँले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरूको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आउनुभएको बताउनुभयो । प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरूको उपलब्ध गराउने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आज संसारमा योगा स्वास्थ्यका लागि सबैभन्दा उत्तम स्वस्थ रहनका लागि बाबा रामदेवलाई सबैले सम्झिन्छन्, आयुर्वेद सबैभन्दा उचित, सबैले मानिसके, साइड इफेक्ट नभएको एउटा मात्रै आयुर्वेद औषधि छ,

साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ, नेपालमै आयुर्वेदिक औषधिहरू बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ ।’ उज्यालो अनलाइनबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय