शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिति,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभरी एमाले प्रवेशको लहर चलेकोले आउँदो निर्वाचनमा पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ ।

लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतासहितलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने दाबी गर्नुभयो ।

ओलीले एमाले एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न अन्य दललाई चेतावनी पनि दिनुभएको छ ।स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका ३ हजार बढी नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले दाबी गरेको छ ।

मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ ।

यता प्रमुख प्रतिपक्षी नेकपा एमालेको संगठित सदस्य आठ लाख नाघेका छन्।आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको काम चलिरहँदा एमालेमा संगठित सदस्य संख्याले आठ लाखको आँकडा नाघेको हो।

नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबारसम्म पार्टीका संगठित सदस्य संख्या आठ लाख नाघेको जानकारी दिएका छन्।

तामाङका संगठित सदस्य सबैभन्दा धेरै मोरङमा रहेका छन्। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा संगठित सदस्य रहेका छन्।नेताहरु लालबाबु पण्डित, भानुभक्त ढकाल, विनोद ढकाल र घनश्याम खतिवडासहितका नेताको गृहजिल्ला मोरङमा ३३ हजार ९ सयजना संगठित सदस्य रहेका छन्।

उता ओलीको गृहजिल्ला झापामा संगठित सदस्य संख्या २७ हजार ४ सय रहेको छुअहिलेसम्म देखिएको संगठित सदस्य संख्यामा सबैभन्दा बढी मोरङमा रहेका छन्।

त्यसपछि झापामा रहेका छन्, तामाङले भने, तर यो अन्तिम विवरण होइन। संगठित सदस्यको विवरण जिल्लाबाट आइरहेकाले हामी कात्तिक २७ बिहानसम्म अपडेट गर्छौँ।

एमाले केन्द्रीय कार्यालयका अनुसार देशका ७७ मध्ये नौ जिल्लाको अन्तिम परिणाम आइसक्न बाँकी छ।अहिलेसम्म ६८ जिल्लाको संगठित सदस्यको विवरण आएको छ।

अहिलेसम्म संगठन विभागमा प्रदेश २ का सिरहा, सर्लाही, धनुषा र महोत्तरीबाट अन्तिम सूची आउन बाँकी छ। बागमती प्रदेशका काठमाडौं र सुदुरपश्चिम प्रदेशका बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आइसकेको छैन।

केन्द्रीय कार्यालय सचिव तामाङका अनुसार नौ जिल्लाको अन्तिम विवरण आइसकेपछि अझै सदस्यता संख्या बढ्छ। यसअघि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले संगठित सदस्य सात लाख ५० हजारमाथि पुग्ने बताएका थिए। यो खबर नयाँ खोज पत्रिकाबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय