शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी मंसिर १ गते नेपालगञ्जमा बिभिन्न पार्टीबाट ३ हजार बढी नेकपा एमालेमा प्रबेश गर्ने बताएका छन् ।

धनकुटाको छिन्ताङमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफु पर्सी मंसिर १ गते नेपालगञ्ज जाने र त्यहाँ ३ हजार बढी एमालेमा प्रबेश गर्ने बताएका हुन् ।

धनकुटामा माओवादी केन्द्रका जनप्रतिनिधिसहित ठूलो संख्यामा विभिन्न दलका नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा धनकुटामा भएको कार्यक्रममा माओवादीका स्थानीय जनप्रतिनिधिसहित अन्य दलका १५ सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

माओवादीका वडाध्यसहित केही वडा सदस्य र अन्य पार्टीका नेता कार्यकर्ता गरेर १५ बढी एमालेमा प्रवेश गरेको एमाले प्रदेश १ सदस्य इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष ओली र नेता सुबाश नेम्वाङले स्वागत गर्नुभएको थियो ।

नेपाल एमाले धनकुटाले छिन्ताङमा आयोजना गर्ने ४३ औं शहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली आज धनकुटा आउनुभएका हो । धनकुटाका सबै स्थानीय तहमा यसअघि एमालेले जितेको थियो भने प्रतिनिधिसभा सदस्य पनि एमालेले नै जितेको थियो । धनकुटा जिल्ला एमालेको किल्लाको रुपमा चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय