शुक्रबार , चैत्र १६, २०८०

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास कस्तो हुन्छ भनेर आफूले देखाइदिएको बताएकी छन्।

नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका-२३ ले सोमबार गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उनले यस्तो भनेकी हुन्।

दाहालले विगतमा एक किलोमिटर सडक कालोपत्रे गरेर त्यसैलाई देखाउँदै जनता जनता ढाँट्ने परिपाटी रहेको दाबी गरिन्।उनले उक्त परिपाटीलाई आफूले अन्त्य गरिदिएको जिकिर गरिन्। साढे चार वर्षको आफ्नो कार्यकालमा ६१० किमी सडक कालोपत्रे गरेर विकास कस्तो हुन्छ भनेर देखाएको बताइन्।

‘म काम समयमै हुनुपर्छ भनेर लागिपरेको छु निर्माण व्यवसायीहरुले ढिला सुस्ती गरिरहेका छन् यसरी काम ढिला गर्न हुँदैन, तपाईँ जनसमुदायले पनि दबाब बढाउनुस्,’ उनले भनिन्।

आफू निर्वाचनका क्रममा मतदाताको घरदैलोमा हिँड्दा हिलाम्यधुलाम्य बाटो मात्रै रहेको उनले सम्झिइन्। ‘आज तपाईंहरूले देखिरहनु भएको छ विकास कति भयो, कस्तो भयो यसको मूल्याङ्कन तपाईंहरू आफै गर्नुहोस्,’ उनले भनिन्।

माओवादी केन्द्र नै जनताको सुख दुःखको पार्टी भएकाले भरतपुरमा माओवादी केन्द्र प्रवेश गर्ने लहर चलेको रेणुले बताइन्। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय