बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती

काठमाण्डौ – पछिल्लो समय उदाहरणीय काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको घोषणाले ट्याक्सी चालकहरुलाई तनाव हुने भएको छ ।

मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् । उनले एयरपोर्टबाट ट्याक्सी हटाउने संकेत गरेका छन् ।

आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् । उनले यात्रुहरूले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा चार वटा शटल बस निःशुल्क सञ्चालन गरिने बताए ।

मन्त्री आलेले मजदुरहरूका लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए । उनले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी देशहरूसँग जोड्ने पश्चिमतर्फको हवाई रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताए ।

पर्यटन मन्त्री आलेले भने, ‘यो मन्त्रालयले विगतमा भन्दा अहिले धेरै तीव्रताका साथ काम गरेका छ, विगतमा हरेक मन्त्री आइसकेपछि बुझ्नलाई धेरै समय लगाउनुहुन्थ्यो, तर म आइसकेपछि तीव्रताका साथमा विगतमा एक सय चार दिनदेखि नेपाल एअरलाइन्सको अफिसमा भएको तालाबन्दी खुलाउने काम गरेँ ।

पीसीआर परीक्षणमा व्यापक अनियमितता भएको कुरा थियो, त्यसलाई मैले नियन्त्रण गरेँ, त्यसपछि जति पनि विदेश जाने हाम्रा श्रमजीवी मजदुरहरूको निमित्त एउटा छुट्टै विश्राम घरको निर्माण गर्ने भनेर मैले निर्देशन दिइसकेको छु ।

अहिले प्लेनभन्दा ट्याक्सी महँगो भयो भन्ने गुनासो आएको हुनाले अब हामी छिटै आन्तरिक र बाह्य एअरपोर्टमा चार वटा शटल बस सञ्चालन गर्दैछौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क शटल बस सेवा सञ्चालन गर्दैछ ।

यस्तै अस्ति २६ गते म दिल्ली जाँदा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी देशहरूसँग जोड्ने पश्चिमतर्फको हवाई रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ । त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्रीज्यूबाट छिट्टै उद्घाटन पनि गर्दैछौँ ।’

पर्यटन मन्त्री आलेले भारतीय सिभिल एभिएशन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एअरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताए । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय