नेपाली राजनिती,

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन नजिकिए सँगै नेतृत्वमा आउन चाहनेहरुले आफ्नो तयारी थालेका छन् ।

अध्यक्षमा केपी ओली पक्का जस्तै देखिएका छन् । सके सर्वसम्मत नभए पनि भारी मतले ओलीनै अध्यक्ष बन्ने कुरामा सबै एमालेजनहरु एकमत देखिन्छन् बाँकी पदहरुमा को को आउलान् भन्ने चासो भने व्यापक मात्रामा रहेको छ ।

ओलीले जसलाई चाह्यो उहि नेतृत्वमा आउँछ भन्ने मनोविज्ञान एमालेमा जबर्जस्त स्थापित भएको छ । खुलेर म यो पदमा दावी गर्छु भनेर बोल्ने हिम्मत समेत पनि कसैले गर्न सकेका छैनन् , कसरी ओलीको आँखामा पर्न सकिन्छ भन्ने आइडिया लागाउँनेहरु भने देखिन थालेका छन् ।

ओलीको प्यारो बनेर नेतृत्वमा आउँन सकिन्छ भन्ने चलाखी गर्ने मध्येमा एक देखिएका छन् वर्तमान सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई । जो पछिल्लो समय नेकपा एमाले फुटाएर बनेको नेकपा एस प्रति निकै कठोर पारामा प्रस्तुत हुन थालेका छन् ।

केहि दिन अघि मात्रै भट्टराईले नेकपा एसलाई अवैध गर्भाधारण बाट जन्मेको बच्चा सँग तुलना गरेका थिए । योगेशको बोलीको एसवालाहरुले चर्को आलोचना गरे तर पनि उनी रोकिएनन् बरु त्यो भन्दा दरो डोज फर्काए घुँडामुनी हानेको टाउकोमै लागेछ की के हो भनेर ।

योगेशको पछिल्ला अभिव्यक्तीहरु माधव नेपालका मान्छेलाई विझाउँने र ओलीका मान्छेलाई रिझाउँने टाइप बाट आइरहेका छन् । उनका अभिव्यक्तिहरु महाधिवेशनमा कसरी ओलीको आँखामा परेर पद पाउँने भन्ने आशय बाट आएको एक राजनितिक विश्लेषकले ओटीभी नेपाल डक कमलाई बताए ।

उग्र बोल्नु र योगेश भट्टराई पर्यायवाची जस्तै बनेको ति विश्लेषकले बताए । जती बेला ओलीले संसद विघठन गरेका थिए त्यस बेला प्रचण्ड माधवसँग रहेका योगेश यसै गरि उग्र भाषण गर्दथे , बालुवाटारमा हाम्रो प्रधानमन्त्री नबनाई आन्दोलन रोकिँदैन देखी ओली सँग लाग्ने सबै जनप्रतिनिधीको पद चट बनाइदिन्छौ सम्मका डोज उनका लागी समान्य जस्तै थिए ।

राजिनितिक मात्रै होइन उनले अति अराजनितिक र तल्लो स्तरको समेत भाषण ठोकेका थिए । तत्कालिन समयमा केपी ओलीले भट्टराईलाई वैगुनी केटो भनेर भनेका थिए त्यसको जवाफमा भट्टराईले हो म केटो हो तर केपी ओली केटो हो की केटी हो सम्म पनि भनेका थिए ।

ओलीको लंैगिकतामा समेत प्रश्न उठाएर हद भन्दा तल ओर्लीएर भाषण गरेका योगेशका यस्ता चिजहरु एमाले अध्यक्ष ओलीले सजिलै विर्सन सक्लान र भन्ने प्रश्न पनि उठेको छ । ओलीले त्यो सबै हिसाबकिताब एकै पटक चुक्ता गर्न लागे भने योगेशहरुका लागी यो महाधिवेशन निकै महंगो पर्न सक्ने अनुमानहरु समेत हुन थालेका छन् । यो खबर otv nepal मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय