नेपाली राजनीती,

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का लागि दुःखद खबर प्राप्त भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने बताउँदै आएका छन् ।

उनको यो भनाई लाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पुरै खण्डन गरेपछि प्रचण्ड दुखि बनेका छन् । उनले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै पनि सहमति नभएको बताए ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसले एक्लै चुनावमा लड्न सक्ने बताए ।

‘कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन,’ उनले भनेका छन् । देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्याएका छन् ।

देउवाको यो भनाईले नेकपा एमालेमा खुशीयाली छाएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनसँग चुनाव लड्दा हारिने पक्का भएकाले जसरी पनि गठबन्धन भत्काउने योजनामा छन् । उनको योजना लगभग सफल भएको छ ।

यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् ।

कांग्रेस सिन्धुली सभापति उज्ज्वल बरालको आमाको निधनमा समवेदना प्रकट गर्न हेलिकप्टरबाट सोमबार कमलामाइ नगरपालिका रानीवास आएका पौडेलले कांग्रेसलाइ नयाँ बाटोमा नयाँ उर्जा दिएर आफू सफल बनाउने दाबी गरे ।

महाधिवेशन हुने पक्का भएको भन्दै पौडेलले सभापतिको लागि सरसल्लाह भैरहेको बताए । निर्वाचनका बेला केही साथीहरुले अब आफ्नो पालो भन्दै हिँडेको कुरालाइ आफूले महत्व नदिएको पौडेलको जिकिर थियो ।

साताअघि रानीवासमै नेता प्रकाशमान सिंहले ‘रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिति नाघेको औषधि भएकाले अब सभापतिमा मेरो पालो’ भएको बताएका थिए । ‘चुनावका बेला त्यस्ता लटरपटर केही कुरा आउँछन् । म त्यस्ता कुरालाई महत्व दिन्‍नँ । माइन्ड गर्दिँन,’ पौडेलले भने ।

आगामी चुनावमा गठबन्धन कायम रहनसक्ने प्रति संकेत गर्दै पोडेलले संघीयता र समानुपातिकले गर्दा दलहरुलाई बहुमत ल्याउन गार्‍हो पर्ने भएकाले परिस्थिती अनुसार चल्ने बताए ।

पौडेलले कांग्रेसले मात्र राष्ट्र र लोकतन्त्रलाई जोगाउन सक्ने बताउँदै अन्य सबै दलहरु अवसरवादी भएको बताए । कांग्रेसलाई सत्ताभन्दा पनि व्यवस्थाको चिन्ता रहेको पौडेलको कथन थियो । इमान्दार मिडियाबाट सााभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय