मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई थोत्रो पार्टीको संज्ञा दिएका छन्।

धनकुटाको खोकुछिन्ताङमा सोमबार आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा ओलीले कांग्रेसलाई यस्तो संज्ञा दिएका हुन्।

‘कांग्रेस त यति थोत्रो भइसक्यो कि अब कामै लाग्दैन। थोत्रो पार्टी भइसकेको छ अब यसको काम छैन’, उनले भने, ‘तर त्यही थोत्रो पार्टी कांग्रेसका पछाडि लाग्ने कस्ता होलान्?’

ओलीले त्यही थोत्रो पार्टी कांग्रेसको पछि लागेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दुईतिहाइको सरकार ढालेको आरोप पनि लगाएका छन्।

‘कांग्रेसको पछि लागेर आफ्नो दुईतिहाइको सरकार ढालेका छन्। अहिले त्यही बुढो कांग्रेसको पछि लागेर एमालेलाई सक्ने भन्दैछन्’, उनले भने, ‘आफ्नै सरकार ढालेर थोत्रे पार्टीको पछि लागेर सरकारमा सहभागी हुने उनीहरुको बुद्धि कस्तो होला त?’ यो खबर नेपाल खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय