बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

पछिल्लो समय नेकपा एमालेमा सक्रिय झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईले अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस भएर हिँड्न बाकी रहेको बताएका छन्।

धनकुटाको खोकुछिन्ताङमा एमालेद्वारा आयोजित सभालाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

प्रसाईले माओवादीका नाममा देशमा भएको १७ हजार नेपालीको रगतले प्रचण्ड र डा. बाबुराम भट्टराईलाई पोल्ने पनि बताएका छन्।

‘माओवादीका नाममा गरिएको १७ हजारको ह’ ‘त्याले प्रचण्ड र बाबुरालाई पो’ल्नुपर्छ’, उनले भने, ‘जनयु’द्धका नाममा भत्काइएका संरचना बनाउनुपर्नेमा, खाडीका युवालाई स्वदेश फर्काउने अभियानमा लाग्नुपर्ने बेलामा, उद्योग धन्दा बेच्ने कांग्रेससँग स’ती जानेलाई जनताले अब बदला लिनेछन्।’

उनले कांग्रेससँगको गठबन्धनका नाममा फेरि सत्तामा फर्किने प्रचण्डको सपना पनि पूरा नहुने बताएका छन्। ‘अब गठबन्धनका नाममा गरिएको अनैतिक खेल पानीको फोका झैँ हुनेछ’, उनले भने, ‘पहिचानको नाममा जातीयताको बीउ रोप्नेहरु अब सकिनेछन्। खबरदार! पहिचानको लोभ देखाएर नेपाली समाजलाई विभाजन गर्न खोजिएको छ।’

उनले प्रचण्डले अब चुनाव जित्न चितवनमा जस्तै मतपत्र च्यात्ने दिन गएको पनि बताए। ‘चितवनमा मतपत्र च्यातेर र सिरहामा मतपत्र साटे जसरी चुनाव जित्ने दिन गएका छन्’, उनले भने, ‘प्रचण्डबाट यो देशले निकास पाउने छैन। अब प्रचण्ड कुनै दिन जय नेपाल! भनेर सुनिल थापालाई भोट माग्न धनकुटा आउनेछन्।’ यो खबर नेपाल खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय