बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।

उनले कांग्रेसले एक्लै चुनावमा लड्न सक्ने बताए । ‘कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन,’ उनले भनेका छन् । देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्‍याएका छन् ।

जबरालाई महाअभियोग ल्याउन दबाब

बैठकमा पूर्वमहामन्त्री सिंहले न्यायालयलाई बचाउने विशेष दायित्व राज्य र राजनीतिक दलहरूको रहेको बताउँदै प्रधानमन्त्री देउवालाई न्यायालयको नेतृत्वले निकास नदिए प्रक्रिया अघि बढाउन आग्रह गरे ।

न्यायालय पनि राज्यको अंग हो । राज्यको नेतृत्व गरेको सरकारले स्वतन्त्र न्यायालय महिनौं दिनदेखि ठप्प हुँदा मौन बस्नु भनेको आफ्नो कर्तव्यबाट विचलित हुनु हो,’ सिंहले बैठकमा भनेका थिए, ‘न्यायालयभित्रबाट समाधान खोज्नुपर्छ भनेर पर्खने होइन ।

गठबन्धन चुप लाएर बस्न मिल्छ ? न्यायालयको नेतृत्वले निकास दिएन भने विधि र प्रक्रिया अघि बढाउने हो । अर्का नेता केसीले न्याय निरूपणमा हस्तक्षेप गर्न मिल्दैन भन्नुको अर्थ न्यायालयमाथि संकटमा बोल्नु हुँदैन भन्ने नभएको बताए ।

उनले युद्धस्तरीय द्वन्द्वमा पर्दै गएको न्यायालयलाई बचाउन प्रधानमन्त्री देउवा र उच्चस्तरीय समन्वय समितिका संयोजक पौडेलको ध्यानााकर्षण गराए । ‘न्यायालयमा दिनैपिच्छे द्वन्द्व हुँदा सरकार चुप लागेर बस्नु लज्जाको विषय हो, लोकतन्त्र भनेको पद्धति मात्रै होइन, प्रक्रिया पनि हो,’ केसीले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिन्न भन्न पाउछन् ।

त्यस्तो बेला जबर्जस्ती राजीनामा देऊ भन्न मिल्दैन । प्रक्रियामा जानुपर्छ । कि त पूर्वप्रधान्यायाधीशको अध्यक्षतामा आयोग गठन गरेर समग्र छानबिन अघि बढाइनुपर्छ, नत्र संसद्को प्रक्रियामा जानुपर्छ । निकास दिन जति ढिलो हुन्छ त्यसले सरकारको नेतृत्व लिएको कांग्रेस र लोकतन्त्रमाथि नै ठूलो नोक्सान हुन्छ ।’

अर्का नेता थापाले अदालतको विवादलाई लम्ब्याउँदै जाँदा कांग्रेसकै लागि अहित हुने बताए । ‘अदालतमा अहिले जे भइरहेको छ, त्यसप्रति केही भएको छैन जस्तो गरेर मौनता साध्ने कामले ठूलो दुर्घटना निम्तन सक्छ ।

कांग्रेस र लोकतन्त्रकै लागि पनि अहित गर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले स्पष्ट दृष्टिकोणका साथ अदालतलाई निकास दिन अग्रसर देखाउनुपर्छ ।’ प्रधानमन्त्रीले गठबन्धन दलतिर देखाउने हो भने पौडेल नेतृत्वको समितिमा छलफल गरेर साझा धारणा बनाउनुपर्ने थापाको भनाइ थियो । प्रहार न्युजबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय